Sahara Sansar
Saturday, February 19, 2011
महासंघको अधिवेशन शूरु
राजेन्द्र न्यौपाने
फागुन ७ गोरखा । गोरखा जिल्लामा नेपाल पत्रकार महासंघको तेश्रो अधिवेशन शुरु भएको छ । अधिवेशनको भर्खरै सभासद ज्ञानेन्द्र कुमालले तीन वटा मैनबत्ती बालेर उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रको कार्यक्रममा एकीकृत ने.क.पा.माओवादी, नेपाली काँग्रेस, ने.क.पा. एमालेका जिल्ला प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी,प्रहरी प्रमुख लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयका प्मुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको छ ।
जिल्लामा रहेका महासंघका ३४ जना पत्रकार सदस्यहरुवीचबाट नयाँ नेतृत्व चयन गरी आजको अधिवेशन सम्पन्न हुनेछ ।
अधिवेशनलाई देशभरी नयाँ सन्देश दिने तयारी भैरहेको महासंघका वर्तमान सभापति किशोरजंग थापाले कार्यक्रममा बताउनुभएको छ ।
सभापति थापाको अध्यक्षता र सचिव भीमलाल श्रेष्ठको सञ्चालनमा होटल विसौनीमा कार्यक्रम सञ्चालन भैरहेको छ । १२ बजेपछि बन्द सत्रको कार्यक्रम शूरु हुने महासंघले बताएको छ ।
महासंघको सभापति पदमा वर्तमान सचिव भीमलाल श्रेष्ठ, उपसभापतिमा बर्तमान कोषाध्यक्ष शिशिरबाबु श्रेष्ठ कैलास, सचिवमा ऋषिराम भट्टराई, कोषाध्यक्षमा संगम तिवारी, अन्य सदस्यहरुमा एक माया गुरुङ ( जनजाति), अमर गुरुङ(अपाङ्ग), राजेन्द्र न्यौपाने , सुदिप कैनी, केशव बस्नेत, किरण लोहनी लगायत रहने गरी सहमति भैरहेको भएपनि सहमतिमा नजान र अधिवेशन विथोल्न प्रेश युनियनले गुटबन्दी गर्न थालेको छ ।
क्रान्तिकारी पत्रकारसंघ गोरखाले शान्ति र संविधान निर्माणको प्रक्रियामा देश रहेको अवस्थामा पत्रकारहरु मिलेर सहमति जानुको विकल्प नरहेको बताएको छ ।
जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुलाई तिरस्कृत गरेर महासंघको समिति निर्माण गर्ने षड्यन्त्र नगर्न समेत उनीहरुले सुझाव दिएका छन् । अधिवेशनले ९ जनाको कार्यसमिति र ५ पार्सद चयन गर्नेछ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment