माघ २७ काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीमा निर्वाचित भएको एक सातापछि बिहिबार सानो आकारको मन्त्रीमण्डल गठन गर्नुभएको छ । एकीकृत माओवादीले सरकारमा नजाने निर्णय गरेपछि आफ्नै पार्टीका तर्फवाट तीनजना मन्त्रीलाइ प्रधानमन्त्रीले सफथ गराउनु भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री खनालले राष्ट्रपतिको उपस्थितिमा तीन मन्त्रीलाइ पद तथा गोपनियताको सफत गराउनु भएको हो ।
विस्तारित मन्त्रीपरिषदमा एमाले स्थाइ कमिटि सदस्य भरतमोहन अधिकारीलाइ उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ भने विष्णु पौडेल र गंगाधर तुलाधारले विना बिभागिय मन्त्रीको रुपमा सफथ लिनुभएको छ ।
सफथ कार्यक्रममा माओवादीका कुनैपनि नेता उपस्थित थिएनन् ।
0 comments:
Post a Comment