Sahara Sansar

Saturday, February 5, 2011

पत्रकार जितमान बस्नेतको मुद्दा राष्ट्रसंघीय मानव अधिकार समितिमा दर्ता



माघ २२ काठमाडौं। सेनाले पक्राउ गरेकै दिन पारेर माघ २१ गते अधिवक्ता एवम पत्रकार जितमान बस्नेतको मुद्दा राष्ट्रसंघीय मानव अधिकार समितिमा दर्ता भएको छ । स्वीजरल्याण्डको जेनेभामा कार्यालय रहेको ट्राइल नामक मानव अधिकारवादी संस्थाले घटनाकै दिन पारेर बस्नेतको मुद्दा मानव अधिकार समितिमा दर्ता गरेको हो ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि १९६६ विपरित नेपालले गैरकानुनी रुपमा बस्नेतलाई थुनामा राखेको, यातना दिएको र दोषीलाई कारबाहीको दायरामा नल्याएको तथ्य मुद्दामा उठाइएको छ । बस्नेतलाई ७ बर्षअघि माघ २१ गते तत्कालीन शाही नेपाली सेनाले  पक्राउ गरी भैरबनाथ गणमा २५८ दिनसम्म बन्दी बनाइ राखेको थियो । बन्दी प्रत्यक्षीकरण मुद्दामा पनि सेना लगायत सरकारी निकायले बस्नेतलाई पक्राउ नै नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका थिए । राष्ट्रिय र अन्तरराष्ट्रिय दबाबमा २५८ दिनपछि बस्नेतलाई भैरबनाथ ब्यारेकबाट रिहा गरिएको थियो । ब्यारेकभित्र राखिएका अन्य बन्दीको बारेमा बाहिर सुचना दिएपछि सेनाको धम्कीको कारण २ बर्षसम्म बस्नेत प्रवासिएका थिए । बस्नेतले सैनिक हिरासत भित्रका घटनालाई समेटेर ’अँध्यारा २५८ दिनहरु’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

हिरासत भित्रका अन्य बन्दिहरुलाई बचाउन खेलेको भूमिकाको सरहाना गर्दै सन् २००७ मा भारतीय मानब अधिकार संस्थानले’ युनिभर्स ह्युमन राइट्स अवार्ड, र २०१० मा अमेरिकी मानवाधिकार संस्था ’हुमन राइट्स वाच’ ले पनि बस्नेतलाई सम्मान गरेको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae