जेठ ५ दोलखा । दोलखामा पनि चट्याङ परेर दुई जनाको ज्यान गएको छ । दोलखा खोपाचागु गाविस थन्द्राङकी लम्दिकी शेर्पा र वडा नम्बर ९ लुईकेपकी ५२ वर्षीया छलिमाया थामीको चट्याङ लागेर ज्यान गएको हो ।
घटना हिजो सांझको भएपनि घटनास्थल सदरमुकामबाट चौध कोस टाढा रहेकोले आज बिहान मात्रै खबर आएको हो । चट्याङबाट सातजना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ । चट्याङपछि गाउँमा विद्युत आपूतिर्समेत अबरुद्ध भएको छ ।
यसैबीच, नवलपरासीमा चट्याङ लागेर एकै परिवारका दुइजनाको मृत्यु भएको छ । नवलपरासीको नयाँ बेलहानी गाविस– ८ निवासी ४५ बर्षीया बुद्धिमाया थापा र उनका १२ बर्षीय छोरा सनि थापाको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर बुद्धिमायाकै अर्का उत्तम थापा र १५ बर्षीया छोरी मिथुन थापा गम्भीर घाइते भएका छन् । घाइतेको भरतपुरमा उपचार भइरहेको छ । बुधबार राती नै आएको हावाहुरीले नवलपरासीका झ्यालटुंङ डांडामा थुप्रै घर टहरा भत्काएको छ ।
0 comments:
Post a Comment