Sahara Sansar

Saturday, May 21, 2011

मुस्ताङका गाउगाउ गई फोटो सहितको मतदाता नामाबली सकंलन गर्ने कार्य सम्पन्न

चन्द्रश्वर बस्ताकोटी
 जेठ ७ मुस्ताङ। जिल्ला निर्वाचन कार्यालय, मुस्ताङले जिल्लाका १६ ओटै गाविसमा गई फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य सम्पन्न गरेको छ । जिल्लाका सबै गाउगाउ पुगी फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य शुक्रवार बेलुकी सम्पन्न गरिएको हो ।

३ चरण गरि ५ हजार १ सय ३१ मतदाताको तस्विर र औठाछाप सहितको नामावली दर्ता गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञानबहादुर बानियाले बताउनुभयो । जसमा पुरुष २ हजार ३ सय ४७ जना, महिला २ हजार ७ सय ८३ जना र तेश्रो लिगिं १ जना रहेको बताइएको छ । गाबिसहरुका मतदाताहरुको जिल्लागत रुपमा मुस्ताङले नै पहिलो पटक सबै गाउगाउ पुगी फोटो सहितको मतदाता नामावली संकलन कार्य सम्पन्न गरेको दावी कार्यालय प्रमुख बानियाले गर्नुभयो । महानगर, उपमहानगर र नगरपालीकाहरुको फोटो सहितको मतदाता नामावलि सकलन कार्य धेरै पहिले शुरु भएकाले काठमाण्डौ र पोखराले यस भन्दा अगाडीनै सम्पन्न गरेको जानकारी हुन आएको छ । मुस्ताङका गाबिसहरुको फोटो सहितको मतदाता नामावलि सकलन कार्य चैत्र २२ गतेबाट शुरु भएको थियो ।

जोमसोम गाबिसमा ४ सय २६, मार्फा गाबिसमा ३ सय ९७, कागबेनीमा ४ सय ८८, छुसाङमा २ सय ४०, घमीमा ३ सय ४५, चराङमा ३ सय १०, लोमान्थाङमा २ सय ७५ तेस्रो लिगिं १ समेत, छोण्हुपमा ४ सय ७५ जनाको नामावली दर्ता भएको छ ।

यसैगरी छोसेरमा ३ सय ७८, सुर्खाङमा २ सय १४, मुक्तिनाथमा २ सय ९६, झोङमा १ सय ६२,  कुञ्जोमा ३ सय २१, लेतेमा ३ सय ४, कोवाङमा २ सय ५५  र टुकुचे गाबिसमा २ सय ४५ जनाको फोटो खिचेर मतदाताको नामावलि दर्ता गरिएको हो ।

दर्ता केन्द्रमा नामावली दर्ता कार्य सकिए पनि कार्यालयमै आएर दर्ता गराउन सकिने ब्यबस्था समेत गरिएको छ । करिव ५० जनाले कार्यालयमा आएर नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रुद्र न्यौपालेले बताउनुभयो । १८ वर्ष उमेर पुगेकाको फोटो सहितको मतदाता नामावलीको आधारमा सर्वसाधारणले आगामी निर्वाचन देखि मतदान गर्न पाउनेछन् भने १६ वर्ष माथिकाको विवरण राष्ट्रिय परिचयपत्र बनाउन प्रयोग हुने जनाईएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae