Sahara Sansar

Saturday, May 28, 2011

एमालेले अन्तिम समय सम्म पनि म्याद थपको पहल गर्ने

जेठ १४ काठमाडौं।  नेकपा एमालेले अन्तिम समयसम्म पनि सहमतिका पहल जारी राख्ने निर्णय गरेको छ । माओवादी र कांग्रेसको छुट्टा-छुट्टै आन्तरिक बैठक सकिएपछि नेकपा एमालेको स्थायी समितिको बसेको बैठकले संविधानसभाको म्याद थपको विकल्प नरहेको ठहर गरेको छ । 

संसदीय दलको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष झलनाथ खनालले आकास्मिक रुपमा स्थायी समिति बैठक बोलाएका थिए । तीनदलको बैठकमा म्याद थप्नका लागि कांग्रेस र माओवादीले राखेका अडानका बीचमा रहेर म्याद थपका लागि एमालेले पहल गर्ने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा संविधानसभाको म्याद थपका विषयमा पार्टीले अन्तिम समयमा खेल्ने भूमिको विषयमा छलफल गरेको छ ।

यसैबीच एमाले स्थायी समितिको बैठक सकिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच अहिले छलफल भैरहेको छ । दुई नेताबीच सहमति र निकासका विषयमा छलफल भैरहेको संविधानसभा भवनमा रहेका हाम्रा सहकर्मीले जनाएका छन् । यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अझै शुरु भएको छैन । विहान ११ बजेका लागि तय गरिएको यो बैठक दलहरुको आन्तरिक छलफलका कारण शुरु हुन नसकेको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae