Sahara Sansar

Friday, May 20, 2011

माओवादीसंग खनाल हिडेका कारण सरकारलाई समस्या परेको पूर्व प्रधानमन्त्री नेपालको आरोप

जेठ ६ सुनसरी। पूर्व प्रधानमन्त्री तथा एमाले नेता बरिष्ठ नेता माधबकुमार नेपालले प्रधानमन्त्री झलनाथ खनाल आफैले खनेको खाल्डोमा आफै खसेको बताउनु भएको छ ।सुनसरी जिल्लाको इनरुवामा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा नेता नेपालले जनताले विश्वास नगर्ने माओवादीसंग हिडेका कारण प्रधानमन्त्री खनाल अप्ठ्यारोमा परेको बताउनुभयो ।

प्रधानमन्त्री खनाल नेतृत्वको वर्तमान सरकार चित बुझदो नभएको र एमाले सहित सबै दलबाट सरकार बिघटनको आवाज आएकाले प्रधानमन्त्री खनालले पद छानडनुपर्ने उहाँले बताउनुभयो ।
वर्तमान सरकार प्रति जनताको बिश्वास गुमेको टिप्प्णी गर्दै नेपालले शान्ती र संबिधानका सुनिश्चतताका लागि तत्काल राष्ट्रिय सरकार आबश्यक भएको बताउनुभयो ।

आफू प्रधानमन्त्री हँुदा माओवादीले ६ हजार लडाकु समायोजनको प्रस्ताव राखेको बताउनुभएका एमाले नेता नेपालले अहिले आएर लडाकुको समायोजन गर्ने संख्या बढाएको आरोप लगाउनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae