Sahara Sansar

Tuesday, May 31, 2011

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन

जेठ १७ काठमाडौं।  प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमति भए तत्काल राजीनामा दिएर राष्ट्रिय राजनीतिमा सहयोग गर्ने बताउनु भएको छ । देशको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा आज राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सहमतिका लागि जिम्मेवार हुन प्रतिपक्षी कांग्रेसलगायतका दलहरुलाई आग्रह पनि गर्नुभयो । 

पाँच बुँदे सहमतिमा संविधानसभाको म्याद थपिएपछि पहिलो पटक राष्ट्रका नाममा सम्वोधन गर्नुभएका प्रधानमन्त्री खनालले सहमतिका लागि आफू बाधक नबन्ने स्पष्ट पार्नुभयो । ’सहमतीय सरकार बनाउन सहमति भइसकेको अवस्थामा अब राष्ट्रिय संयुक्त सरकार बनाउन ढिला गर्नहुँदैन,’ उहाँले भन्नुभयो ‘त्यसका लागि म सहयोग गर्न तयार छु ।’ 

प्रधानमन्त्री खनालले संविधानसभाको म्याद पुनः थप्नु परेकोमा आत्मालोचना पनि गर्नुभयो । तर संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा सबै दल रहेको प्रधानमन्त्री खनालको भनाइ थियो । उहाँले भन्नुभयो, ‘संविधानसभाको विकल्प अझै पनि छैन,’ । सरकारले ढिला पूर्णता पाउनु, माओवादीले शान्ति प्रक्रियामा प्रतिबद्धता जनाउन ढिला गर्नु, कांग्रेस देशव्यापी अभियानमा लाग्ने जस्ता कामले पनि समयमै संविधान निर्माणमा कठीनाई भएको प्रधानमन्त्री खनालको तर्क थियो । सिंहदरबारस्थित राष्टिय योजना आयोगको हलबाट दिउँसो ४ बजेदेखि करिब १५ मिनेट उहाँले सम्बोधन गर्नुभएको थियो । 

प्रधानमन्त्री भएपछिको उहाँको यो दोस्रो सम्वोधन हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae