Sahara Sansar

Friday, May 20, 2011

गोरखामा जारी आठौ रोट महोत्सवको चौथो दिन पनि भक्तजनहरुको घूईंचो

राजेन्द्र न्यौपाने
 जेठ ६ गोरखा।गोरखामा जारी आठौ रोट महोत्सवको आज चौथो दिन पनि भक्तजनहरुको घूईंचो लागेको छ । गुरु गोरखनाथलाई रोट चढाउनका लो लागि देशभरीका श्रद्धालु भक्तजनहरु गोरखा आउने क्रम जारी छ ।

चमल तथा गहुँको पीठोमा चिनी, ल्वाङ, दालचिनी, नरिवल, लगायतका मसलाहरु मिसाएर चोखो घिउमा पकाएको परिकारलाई रोट भनिन्छ ।

गुरु गोरखनाथलाई सबैभन्दा मनपर्ने प्रसाद रोट मानिन्छ । रोट चढाउँदा गुरु गोरखनाथ खुशि भएर पानी पार्ने किंवदन्ति रहि आएको छ । रोट महोत्सव शुरु भएको दिन देखि गोरखामा नियमित वर्षा भैरहेको छ । यसबाट प्रभावित भएर रोट महोत्सवमा भाग लिन आउने श्रद्धालु भक्तजनहरुको संख्या ह्वात्तै बढेको छ ।

सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा भईरहेको रोट महोत्सव जेठ १३ गतेसम्म चल्ने छ । भक्तजनहरुका लागि खान, बस्नको लागि उचित व्यवस्था समेत गरिएको छ ।

महोत्सवमा भाग लिन दाङ, कोहलपुर, नेपालगंज, काठमाण्डौ, विराटनगर, झापा लगायतका क्षेत्रबाटमा भक्तजनहरु गोरखा आईसकेको महोत्सव आयोजनाका संयोजक साधक किशोर अकेलाले बताउनुभयो ।

महोत्सव चल्दै गर्दा पानी परे मोक्ष प्राप्ति हुने भनाई रहि आएको छ । सवा लाख रोट अर्पण गरिने सो कार्यक्रममा दैनिक १० हजारका दरले रोट चढाउँदै आइरहेका सावर पन्थी रामजी अर्यालले बताउनुभयो ।

रोट चढाउने काम भईरहदा गोरखनाथको मुलगेट तथा वरपर साधक साधिकाहरुलेभजनकृतन गरेर दिनभरी रमाईलो गर्ने गर्दछन् । प्रत्येक वर्ष बैशाख पूर्णिमाका दिनबाट शुरु गरिने रोट महोत्सव २०६१ सालदेखि पूर्वराजा ज्ञानेन्द्र शाहले शुरु गरेका हुन् ।

प्रत्येक दिन विहान ६ बजेदेखि शुरु हुने महोत्सवमा सात बजेदेखि नौबजेसम्म गोर खनाथको मन्त्रजप, नौ देखि १० बजेसम्म विषेश हावन, शक्तिपीठको पूजनहुँदै दुईबजे गोरखनाथको विशेष गुरु पुजन हुनेगर्दछ ।

साँझ पाँच बजे गुरु गोरखनाथलाई रोट अर्पण गरेर अन्तमा आरती गरेसँगै त्यो दिनको महोत्सव सकिन्छ । भजनकृतनमा बालबालिकाहरुले सक्रिय सहभागिता देखाउँदै आएका छन् । रोट महोत्सवको अवधिभरी सम्म एकलाख भक्तजनहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको दावि छ । 

यसबाट गोरखा जिल्लाको धार्मिक पर्यछनको विकास हुने अपेक्षा समेत गरिएको छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae