Sahara Sansar

Saturday, May 21, 2011

तीन मुर्ती चोरहरु सहित फेला पर्‍यो

राजेन्द्र न्यौपाने
 जेठ ७ गोरखा । पूरातात्विक महत्वको तीनसय वर्ष पूरानो मूर्ति गोरखा हेरचाह अड्डा भित्र पर्ने गोरखा संग्रहालयके अर्धकदको गणेश मन्दिर भित्रबाट चोर भएको एक तामाको सरस्वतीको मूर्ति र एक दुधे शंख चोर सहित प्राप्त भएको छ।

जेठ ३ गते बुद्ध जयन्तीका दिन  उपल्लो गोरखा दरबार क्षेत्रमा पर्ने गणेश मन्दिर भित्र रहेको राजा पृथ्वीपति शाहको पाला भन्दा अघि स्थापीत रहेको गोरखा संग्रहालयका मुर्ति र शंख चोरि भएको थियो ।

गोरखा दरबार मुनि रहेको बिसे नगर्ची गाउँका माओवादी सहायक संगठन वाइसीयलका कार्यकर्ताले शुक्रबार दिउँसो  फेला पारी सतिपिपलमा पत्रकारहरु सामू चोरी भएका सामान सहित तीन जना चोरहरु प्रहरीलाई बुझाइदिएका छन् ।

चोरीमा संलग्न हुनेहरुमा १४ वर्षका सिम्जुङ ८ बस्ने गणेश गुरुङ, १३ वर्षै गोरखा नगरपालिका ४ सतिपिपल बस्ने रोसन परियार र १० वर्षे सिर्दीवास गा.वि.स. बस्ने प्रेम गुरुङ रहेको प्रहरीले बताएको छ । चोरी गर्ने रोसन परियारले प्रेम र आफूले मुर्ति रहेको मात्रै हो भन्दौ हामीसँग भने मुर्ति भित्रबाट चोरी नर्गै चाही गणेश गुरुङ भएको बताए ।

चोरीमा संलग्न गणेश गुरुङले भने आफुले चोरेको बताए । प्रहरीले आवश्यक कारवाहीका लागि सोधपुछ गरिरहेको छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae