Sahara Sansar

Saturday, May 21, 2011

पाकिस्तानको खैबर प्रान्तमा बम विष्फोट हुँदा १६ जनाको मृत्यु

जेठ ७ बिबिसी।  पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर प्रान्तमा नेटो सेनाको तेल ट्याङ्करमा बम विष्फोटन हुँदा १६ जनाको मृत्यु भएको छ । पाकिस्तानी प्रहरीले खैबर प्रन्तको लडी कोतलमा नेटो सैनिकको तेल ट्याङ्ककरमा शनिबार  बिहान प्रहार गरिएको सानो बमका कारण तेल चुहावट भएपछि बिष्फोट भएको बताएका छन् । 

ट्याङ्करबाट चुहिन लागेको तेल लिन गएका स्थानियबासी बिष्फोटको शिकार भएको बताइएको छ । ट्याङ्करहरु पाकिस्तानबाट अफगानस्स्तानमा रहेका नेटो सेनाका लागि तेल आपूर्ति गर्दै आएका छन् । यसैबीच  सोही क्षेत्रमा भएको एक अर्को आक्रमणमा नेटो सेनाका लागि तेल ढुवानी गरिरहेका ११ वटा ट्याङ्कर ध्वस्त भएको बिबिसीले जनाएको छ । 

आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae