Sahara Sansar

Friday, May 20, 2011

बन्द सफल बनाउन सडकमा बसेर धार्मिक कर्मकाण्ड

जेठ ६ बुटबल। ब्राह्मण समाज नेपालले शुक्रबारआह्वान गरेको पश्चिमाञ्चल बन्दका क्रममा अन्य बन्दको समयमा भन्दा पृथक दृश्यहरु सडकमा देखियो । अरु बेला हुने बन्दमा हातमा लाठी ढुङ्गा बोकेको दृष्यहरु देखिने गरे पनि आज बन्द आह्वानकर्ता ब्राह्मणहरु परम्परागत सांस्कृतिक पक्ष झल्किने संखघण्ट फुक्दै बजारमा घुमे।

ब्राह्मणहरु बन्द सफल पार्न भन्दै धार्मिक स्वस्ती, शान्तिसहितको कर्मकाण्ड सडकमै बसेका थिए । उनीहरुले सडकमा घरमा धार्मिक अनुष्ठानका क्रममा पूरा गरिने विधिहरु गरेका थिए । त्यसैक्रममा ब्राह्मणहरुले बुटवलको गोलपार्क चोकमा सडकमा रेखि हालेर पुजाआजा, होम गरेका छन् । 

त्यसैगरि पूर्व पश्चिम राजमार्ग अन्तर्गत मुर्गियामा सडकमा खिर पकाएर पुजापाठ गरे ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae