Sahara Sansar

Sunday, May 22, 2011

संविधान सभाको म्याद थप्नु पर्ने श्रम तथा यातायात व्यवस्था मन्त्री राईको भनाई ।।

जेठ ८  नेपालगञ्ज। श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद ईस्तियाक राईले  वर्तमान सरकारलाई पुर्णता दिन र शान्ति स्थापन गर्नलाई संविधान सभाको म्याद थप्नुको विकल्प नरहेको बताउनु भएको छ । 

अवधी पत्रकार संघ  नेपालले आज विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले संविधान सभाको ९० प्रतिशत काम पुरा भइसकेकोले लोकतन्त्र गणतन्त्र संस्थागत गर्न तथा सविधान सभालाई तार्किक निश्कर्षमा पु¥याउन सहमतिको आधारमा सविधान सभाको म्याद थप्नुको विकल्प नरहेको बताउनु भएको हो । 

उहाँले देशमा शान्ति नचाहने प्रतिगामी तत्वको हावि भएकोले पनि सविधान निर्माणमा ढिलाई भइरहेको उल्लेख गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae