Sahara Sansar

Thursday, May 19, 2011

संविधान नबन्नुमा माओवादी दोषीः रक्षामन्त्री पौडेल


एसवी गौतम ,बैशाख ५सिन्धुली
तोकिएकै समयमा संविधान नबन्नुमा सवैभन्दा ठुलो दल माओवादी जिम्मेवार हुनु पर्ने रक्षामन्त्री विष्णु पौडेलले बताउनु भएको छ । आज सिन्धुलीमाढी आउनु भएका मन्त्री पौडेलले एमाले सिन्धुली पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो । माओवादी शिविरमा रहेका लडाकुले अव युद्ध गर्न नसक्ने भन्दै मन्त्री पौडेलले शिविरमा रहेका लडाकुका हतियार सरकारलाई बुझाउनु पर्ने बताउनु भयो । 
 
मन्त्री पौडेलले अव के हुन्छ भन्ने प्रश्न सवैमा भएको भन्दै संविधान निर्माणका विषयमा भएका छलफलहरुको विचबाट सहमतिको प्रस्ताव तयार गर्नु पर्ने बताउनु भयो । यस्तो गरेमा नयाँ संविधान जारी गर्न सम्भव भएको उहाँको तर्क थियो । उहाँले अहिले पनि माओवादी तयार भएमा संविधान जारी गर्न सकिने बताउनु भयो ।
 कार्यक्रममा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राईले सिन्धुलीका विभिन्न समस्याहरुका बारेमा मन्त्री पौडेललाई अवगत गराउनु भएको थियो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae