Sahara Sansar

Friday, May 20, 2011

ब्राह्मण समाज नेपालको पश्चिमाञ्चल बन्द

 जेठ ६ काठमाडौं। विभिन्न १० बँुदे माग सहित ब्राह्मण समाज नेपालले आज आह्वान गरेको पश्चिमाञ्चल बन्दले पश्चिमाञ्चलका सबैजसो जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् भने बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्था पनि ठप्प छन् । 

बिहानैदेखि ब्राह्मण समाज नेपालका कार्यकर्ताहरु सडकमा निस्केर प्रदर्शन थालेका छन् । राज्य पुनर्संरचना जातीय आधारमा गर्न नहुने, आरक्षण जातविशेषलाई नभई वर्ग विशेषलाई गर्नुपर्ने, वृद्ध भत्ताको समान वितरण लगायतका १० बँुदे माग राखेर बन्द गरिएको समाजका केन्द्रिय अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । संघर्ष समितिका संयोजक देवी प्रसाद पौड्यालले एक दिने बन्दबाट पनि आफ्नो माग पुरा नभए देशव्यापी आम हड्ताल गर्ने चेतावनी दिनुभयो ।

 बन्द बिहान ६ बजेबाट बेलुकी ६ बजेसम्म जारी रहने समाजले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae