Sahara Sansar

Friday, May 20, 2011

गोरखाका लोपोन्मुख जाति कुसुण्डालाई नयाँ घर

राजेन्द्र न्यौपाने
 जेठ ६ गोरखा।  जिल्लाको गोरखा नगरपालिका स्थित १३ किलो बजारमा अरुको घरमा आश्रय लिई बसेका ६ कुसुण्डालाई सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलय गोरखाले नयाँ घर बनाईदिने भएको छ । कुल एक लाख ५२ हजारको लागतमा सो कार्यालयले जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिदिन लागेको हो ।

न्युन आय भएको र राज्यको मुलधारबाट वञ्चित भएका लोपोन्मुख, सिमान्तकृत आदिवासी जनजाति  परिवारहरुको आवासका लागि सहयोग गर्ने कार्यक्रम अन्तर्गत यसवर्ष कुसण्डाहरुलाई सहयोग गरिएको डिभिजन प्रमुख दिलिप श्रेष्ठले बताउनुभयो ।

 जिल्लामा लोपोन्मुख जाति कुसुण्डाको छ जनाको परिवार रहेको छ । घर निर्माणका लागि स्थानीयले तीन आना जमिन दिएपनि पैसाअभावका कारण घर बन्न सकेको थिएन । तेह्र किलो बजारमा मानै कुसुण्डाका लागि पक्की घर निर्माण गरिने भएको हो । सरकारले घर बनाईदिन लागेको बन्दै चेतनारायण कुसुण्डाले खुशी व्यक्त गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae