Sahara Sansar

Friday, May 20, 2011

राजधानीमा कांग्रेसको आमसभा जारी

जेठ ६ काठमाडौं । शान्ति र लोकतान्त्रिक संविधानका लागि भन्दै नेपाली काङ्ग्रेसले  काठमाडौंमा वृहत आमसभा गरिरहेको छ । आमसभा अहिले काठमाडौंको खुलामन्च चलिरहेको छ । अहिले सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने क्रम चलिरहेको छ ।

 सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापाले काङ्ग्रेसले प्रस्तुत गरेको मार्गचित्र अनुशरण नगरी शान्ति र संविधान सम्भव नभएको दावी गर्नुभयो । संविधानसभामा काङ्ग्रेसले देश र जनताको लागि सशक्त भूमिका निर्वाह गरेको थापाले दाबी गर्नुभयो । बन्दुकप्रतिको मोह त्याग्ने शक्तिहरुका कारण संविधान बन्न नसकेको पनि उहाँले आरोप लगाउनुभयो ।

सभामा पार्टी सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवालगायतका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामार्फत् नेपाली काङ्ग्रेसले शान्ति प्रक्रिया, लडाकु समायोजनबारेको आफ्नो दृष्टिकोण र खाका सार्वजनिक गरिने बताइएको छ । 

बागमती अञ्चलका बिभिन्न जिल्लाहरुबाट कांग्रेसका नेता तथा कार्यकर्ता राजधानीमा जम्मा भएका छन् । कांग्रेसको प्रर्दशनका कारण राजधानीको सवारी आवागमन प्रभावित भएको छ । यस अघि कांग्रेसले पोखरा, तुल्सीपुर, दमक लगायत आधादर्जन प्रमुख शहरमा बृहत आमसभा गरिसकेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae