Sahara Sansar

Sunday, May 29, 2011

जनआन्दोलनका उपलब्धी रक्षार्थ दलीय स्वार्थबाट माथि उठ्न प्रधानमन्त्रीको आग्रह

जेठ १५ काठमाडौं ।  प्रधानमन्त्री झलनाथ खनालले जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्न नेताहरुलाई  दलीय स्वार्थबाट माथि उठ्न आग्रह गर्नुभएको छ । दलगत स्वार्थकै कारण तोकिएको अवधिमा संविधान लेख्न नसकिएको र आन्दोलनका उपलब्धिलाई स्थापित गर्न नसकिएको प्रधानमन्त्रीको भनाई छ । 

गणतन्त्र दिवसको अवसरमा काठमाण्डौंको टुडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले गएरातीको सहमतिबाट अवको तीन महिनामा दलीय सहमति बन्दै जाने र शान्ति प्रक्रिया र संविधान लेखनले तिव्रता पाउने विश्वास व्यक्त गर्नुभयो । आन्दोलनका उपलब्धीलाई सँस्थागत गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीले सहमतिको सरकारको लागि पनि आफूले सहयोग गर्ने बताउनुभयो ।

शान्ति प्रक्रिया र संविधान निर्माणको सवालमा सबै राजनीतिक दललाई एक ढिक्का हुन आग्रह गर्दै प्रधानमन्त्रीले सहमतिमा शान्ति प्रक्रियाका काम टुङ्गमो पु¥याउनु आवश्यक रहेको धारणा राख्नुभयो ।राज्यको साशकीय स्वरुप र राज्यको पुनर्संरचना लगायतका कठीन बिषयमा सहमति गर्न शान्ति प्रक्रियाको कामले गति लिएमा संविधानसभाको म्याद थप्न सकिने प्रधानमन्त्री खनालले बताउनुभयो ।

चौथो गणतन्त्र दिवसको सन्दर्भमा आज नेपाली सेनाले काठमाण्डुको सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाली सेनाको तर्फबाट विभिन्न कलाकौशल तथा झाँकीहरु पनि प्रदर्शन गरियो । गणतन्त्र दिवस २०६८ लेखिएका तुल तथा ब्यानरलाई २ ओटा नेपाली सेनाको हेलिकप्टरले कार्यक्रमस्थलको पक्रिमा गराएको थियो भने नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्हरीले बिभिन्न सांस्कृतिक झाँकी तथा कलाकौशल देखाएका थिए । 

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न अंगका प्रमुख र विशिष्ट अतिथिहरु उपस्थित हुनुहुन्थ्यो । उपत्यका बाहिरका जिल्लाहरुमा पनि गणतन्त्र दिवस मनाइँदैछ । २०६२/६३ को जनआन्दोलन पछि भएको संविधानसभापछि ०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae