जेठ १७ काठमाडौं। नेपाली कागे्रसले संविधानसभाको निर्वाचनको सयमा भएका पाँचबुदे सहमतिसंगै अलिखित सम्झौता समेत कार्यान्वयनगर्न सरकारसंग माग गरेको छ । प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकमा कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले अलिखित सहमति पनि कार्यान्वयन गर्न माग गर्नु भएको हो ।
उहाँले संविधानसभाको म्याद गपगर्ने क्रममा गत आइतवार पाँचबुदे सहमति भन्दा धेरै अलिखित सहमति भएका दावीसमेत गर्नुभयो । संवैधानिक समिति अन्तरगतको विबाद समाधान उपसमितिसंगै सेना समायोजन विशेष समितिलाइ सक्रिय बनाउनपनि कागे्रसले माग गरेको छ । नेता पौडेलले सेना समायोजन प्रक्रिया अघि बढाउन विशेष समितिको बैठक बोलाउन माग गर्नुभयो ।
प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डले सहमति कार्यान्वयनमा सकारात्मक प्रतिक्रिर्या जनाएको पौडेलले उल्लेख गर्नुभयो । उहाँले आगाम तीन महिना अग्नीपरिक्षा रहेको भन्ने माओवादी अध्यक्षको भनाइको सराहनागर्दै बोली अनुसारको व्यवहार गर्न सुझाव दिनुभयो ।
0 comments:
Post a Comment