Sahara Sansar

Thursday, May 19, 2011

राप्रपा नेपालको राजधानीमा प्रर्दशन, केही समय झडप

जेठ  ५ काठमाडौं। संविधानसभाको म्याद थप गर्ने सम्बन्धी सरकारी बिधेयकको बिरोधमा बिहीवार  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजधानीमा प्रर्दशन गरेको छ । प्रर्दशनका क्रममा केही समय प्रहरीसंग झडप समेत भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा भएको प्रर्दशनले संविधानसभा भवन नयाँ बानेश्वरमा केही समय धर्ना समेत दिएका थिए । प्रर्दशनमा सहभागिहरुले समयमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएर संविधान जारी गर्नुपर्ने भन्दै संविधानसभाको म्याद नथप्न माग गरेका छन् ।संविधानसभा अगाडी धर्नामा बसेको राप्रपा नेपालका कार्यकर्तालाई हटाउन खोज्ने क्रममा प्रहरीसंग झडप भएको हो । झडपमा केही कार्यकर्ता घाईते भएको राप्रपा नेपालले जनाएको छ ।

संवैधानिक राजतन्त्रको पक्षमा रहेको राप्रपा नेपालले संविधानसभाको म्याद थप गर्नु भन्दा नयाँ जनादेशका लागि निर्वाचनमा जानुपर्ने माग गर्दै आएको छ । राप्रपा नेपालको प्रर्दशनका कारण केही समय राजधानीको यातायात आवागमन प्रभावित भएको थियो ।

यसैवीच, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले समयमा संविधान बनाउन नसक्ने प्रमुख तीन दल भएको आरोप लगाउनुभएको छ ।

राजधानीमा बिहीवार  भएको कार्यक्रममा अध्यक्ष थापाले एकीकृत माओवादी, कांग्रेस र एमालेले शान्ति प्रक्रिया र संविधान समयमा निष्कर्ष पुराउन नसक्नुको जिम्मेवारी लिनु पर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा स्पष्टिकरण दिन पनि माग गर्नुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae