Sahara Sansar

Tuesday, May 24, 2011

लडाकु र हतियार अलग हुने कांग्रेस प्रस्ताव शान्ति सम्झौता विपरित : माओवादी अध्यक्ष दाहाल


काठमाडौं ११ जेठ 
सत्तासाझेदार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियार र शिविरका लडाकु अलग्याउने काम शान्ति सम्झौतासंग मेल नखाने बताउनुभएको छ । उहाँले हतियार र लडाकुलाई अलग गराउने भन्ने कांग्रेसको शर्त अव्यवहारिक पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आज आयोजीत खुल्ला राजनीतिक सम्वाद कार्यक्रममा शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन माओवादी जिम्मेवार रहेको बताउनुभयो । उहाँले संविधानसभाबाट नयाँ संविधान नबन्दासम्म सहमतिकै माध्यमबाट जानुपर्ने माओवादीको आग्रहलाई कांग्रेस लगायतका दलले लत्याएकाले समस्या आएको बताउनुभयो ।
राष्ट्रिय सहमतिको विकल्प छैन भन्ने कुराको सबैको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभएका दाहालले संविधान निर्माणका मतभेद सांघुरिनु र अनमिनको बहिगर्मनपछि पनि सहज ढंगले शान्ति प्रकि्रया अघि बढ्नुलाई उपलव्धिकै रुपमा हेर्नु पर्ने बताउनुभएको छ ।
त्यसै गरेर माओवादी अध्यक्ष दाहालले भत्ता नलिने गरी संविधानसभाको म्याद थप्न प्रस्ताव गर्नुभएको छ । उहाँले अब थपिएको अवधिको सभासदले भत्ता लिन नहुने बताउनुभयो ।
यसअघि एकबर्षका लागि मात्र भनेर संविधानसभाको म्याद थपिएको भन्दै अध्यक्ष दाहालले भत्ता नलिने गरी म्याद थपका लागि जनतासंग अनुरोध गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष दाहालले केही काम गरेनन भनी सभासदलाई वितुष्णा फैलाउनु गलत हुने टिप्पणी गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले १२ बुँदे समझदारीको मर्म माओवादीले नै तोडको आरोप लगाउनुभयो । उहाँले शान्तिप्रकि्रयाका बाँकी काम गर्न माओवादी जिम्मेवार नभए संविधानसभाको म्याद थप्नुको अर्थ नरहने बताउनुभएको छ ।
एमाले र माओवादी अध्यक्षबीच भएको सात बुँदे सम्झौताले सहमतिको यात्रा भत्काएको आरोप लगाउनुभएका नेता पौडेलले कांग्रेसले अघि सारेको १० बुँदे पंस्ताव लागू गरिए पूर्ण लोकतन्त्रको पर्यायको रुपमा रहेको संविधानसभा बच्ने बताउनुभएको छ । 
शान्ति र लोकतान्त्रिक संविधान सुनिश्चित नभएसम्म संविधानसभाको म्याद थप्नुको कुनै अर्थ नहुने कांग्रेस उपसभापति पौडेलको बिचार छ ।उपप्रधानमन्त्री एवं मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिकि्रयावादीहरुले संविधानसभा भंग गर्ने षड्यन्त्र गरेको आरोप लगाउनुभयो । विदेशमा पनि लामो समयपछि संविधान निर्माण भएको भन्दै यादवले शान्ति र संविधानलाई संविधानसभाबाटै पूरा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नागरीक समाजका अगुवाहरुले शान्ति प्रकि्रया र संविधान निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्न दलहरुलाई आग्रह गरेका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae