Sahara Sansar

Monday, May 30, 2011

घुस लिएको आरोपमा फिफाका दुई कार्यकारी सदस्य निलम्बित

जेठ १६ एजेन्सी । फुटबलको सर्बाेच्च संस्था फिफाले घुुस लिएको आरोपमा आफ्ना दुई कार्यकारी सदस्यलाई निलम्बन गरेको छ ।

फिफा अनुशासन कमिटिको गएराति सम्पन्न बैठकले मोहमद बिन हमाम र ज्याक वार्नरलाई कार्यकारी सदस्यबाट निलम्बन गरेको हो । बिन हमाम एसियाली फुटबलका अध्यक्ष समेत हुन । ज्याक वार्नर भने क्यारेविन फुटबल महासंघका अध्यक्ष हुन् । बिन हमाममाथि सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिंदा भष्ट्राचार गरेको आरोप छ ।

हमाम कतारका नगारिक समेत हुन । यता ज्याक वार्नरलाई भने भोटको दुरुपयोग गरेको आरोप छ । फिफाले क्यारेविन फुटबल महासंघका सदस्यहरु डेभिल मिनगियुल र ज्यासन सेल्भेस्टरलाई पनि निलम्बन गरेको छ । यसै साता हुन लागेको फिफाको निर्वाचन अघि फिफाको अनुसासन कमिटिले निलम्बन गरेको हो ।

यता भष्ट्राचारको आरोप लागेका फिफा अध्यक्ष सेब ब्लाटरलाई भने कुनै कारबाही गरिएको छैन । हमामले अध्यक्ष पदमा दिएको उमेद्वारी हिजो मात्र फिर्ता लिएपछि ब्लाटर पुनः फिफा अध्यक्षमा निर्विरोध चुनिने लगभग पक्का छ । ब्लाटर सन् १९९८ देखि फिफाको अध्यक्षमा छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae