Sahara Sansar

Friday, May 20, 2011

वृद्धभत्ता लिएर गाविस सचिव फरार



एसवी गौतम,जेठ ६
धनुषा जिल्लाको तुलसी गाविसका तत्कालिन गाविस सचिव शुसिल गिरी वृद्ध भत्ता लिएर भाग्नुभएको छ । धनुषा सदरमुकामवाट ७० किलोमिटरको दुरीमा रहेको सिन्धुलीसँग सिमाना जोडिएको धुनषा जिल्लाकॊ तुलसी गाविसका वृद्ध-बृद्धाहरु एक वर्ष तीन महिना को भत्ता वापतको रकम हिनामिना गरी उहाँ सम्पर्क विहिन भएको जिविस धनुषाले जनाएको   छ ।

गाविस सचिवले आफुहरुको नाममा  नेपाल सरकारले दिएको  भत्ता खाएको स्थानियवासीले आरोप लगाएका छन । नेपाल सरकारले ७० वर्ष उमेर पार गरी सकेका बृद्धएक्कल महिलाहरुलाई्र मासिक रुपमा उपलव्ध गराउदै आएको मासिक ५ सय रुपैया भत्ता तत्कालिन गाविस सचिव शुसिल गिरीले हिनामिना गरेर सम्पर्क विहिन रहेको जिविस धनुषाले वताएको छ

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae