Sahara Sansar

Monday, May 30, 2011

पाँच जातीय संगठनले तीन दलवीच भएको पाँच बुँदे सम्झौता जलाए

जेठ १६ काठमाडौं। बिभिन्न जातिय संगठनहरुले संविधानसभाको म्याद तीन महिना थप्ने गरी जेठ १४ गते मध्यराती तीन ठूला दलले गरेको पाँच बुँदे सहमति जलाएका छन् ।

संविधान बनाउन नसक्ने असफल संविधानसभा विघठन गरी सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गर्दै आएका ५ वटा जातीय संगठनहरुले आज राजधानीमा पत्रकार सम्मेलन गरेर जलाएका हुन् । 

थरुहट स्वायत्त राज्य परिषद, संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, आदीबासी जनजाती अधिकार मन्च र तामाङसालिङ स्वायत्त राज्य परिषदले पाँच बुँदे सम्झौतामा जलाएका हुन् । उनिहरुले मधेशीका माग मात्र उल्लेख गरेर, आदीवासी, जनजाती, मुस्लिम, थारु र दलित लगायतका विभिन्न समूहसँग गरेको सहमतिको बेवास्ता गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । 

उनिहरुले मुलुकले सही कार्यदिशा पकडन नसके मुलुक झनै ठूलो द्धन्द्धमा जाने भन्दै तत्काल सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae