Sahara Sansar

Friday, May 20, 2011

बिकट हिमालीमा चेतनास्तरको कमिका कारण बहुपति र न्हेलु प्रथा अझै

सहज शर्मा
 जेष्ठ ६ मुस्ताङ । जिल्ला अस्पताल मुस्ताङमा उपचार गराइरहेका ढाण्डु, याङजिङ र ३ महिनाको बालकको अवश्था १ हप्ता सम्मको उपचारपछि सामान्य अवथ्थामा आएको डा. कपिल गौतमले बताए ।पिडीतको उजुरी पछि कचर््युङ र उनका जेठा श्रीमान समतेण्डुलाई पनि जिप्रका ल्याई सोधपुछ गरिएको छ । 

मुस्ताङका सबै गाउमा रहेको मुखिया प्रथाका कारण उनीहरुलाई गाउमै लगेर मिलाउने भनि मुखियाले दुवै पक्षलाई बताएको र गाउमा गए आफुहरुले न्याय नपाउने पिडित याङजिन र उनका बाबु बताउछन । उता कच्र्यङले आफ्नो कान्छो श्रीमान छोजाङले चाहेर पनि बिवाह गर्न नपाउने बताएकी छिन । प्राथमीक बिद्यालयका सिक्षक रहेका छोजाङ भने अनुमति दिए भाउजुलाई श्रीमती बनाउनु भन्दा याङजिनलाई श्रीमती स्विकार गर्ने बताएको दुवे पक्षले बताउछन ।

 छोजाङ भने उनीहरुलाई पिटन नगएको र सदरमुकाममा समेत नआएको बताइन्छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae