Sahara Sansar

Saturday, May 21, 2011

संविधान सभाबाट तयार गरिएको अवधारणा पत्र र मस्यौदा बारे अन्तरक्रिया

यम चौलागाई
 जेठ ७ सिन्धुली। संविधान सभाबाट तयार गरिएको अवधारण पत्र र मस्यौदा बारे अन्तरक्रिया कार्यक्रम शनिबार  जिल्ला विकास समिती सिन्धुलीमाढीको सभाहलमा सम्पन्न भएको छ । जिल्ला विकास समिती सिन्धुलीका पुर्व सभापति रमेश कार्कीको सभापतित्व तथा सहायक प्रमुख जिल्ला अधिकारी विमल प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरि एको थियो ।

कार्यक्रममा संविधान सुचना केन्द्र जनकपुरकी सम्पर्क व्यक्ती तथा अधिवक्ता रेखा झाले सभासदहरुको योगदान माथि प्रकाश पार्न तथा क्षमता अभिवृद्धी गर्न र जनताका विचारहरु संकलन गरी संविधान सभा सचिवालय सम्म पु¥याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको बताईन । 

कार्यक्रममा संविधान सभाका ११ ओटा विषयगत समिती मध्य सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समिति र राष्ट्रिय हितको संरक्षण समितीले तयार पारेको प्रतिवेदनमा रहेका विषयहरुको संक्षिप्त बुदाहरुमा अन्तरक्रिया, र फरक मतको वारेमा टिप्पणी गर्नुका साथ नयाँ सुझावहरु पेश गरिएको थियो ।

सहभागीहरुले कार्यक्रममा देव नगारिक लिपीको नेपाली भाषालाई केन्द्रमा र प्रान्तमा बाहुल्यीयताको आधारमा नेपाली लगायत बहुभाषिक निति स्वीकार्य गर्ने तथा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाईनु नहुने सुझाव दिएका थिए । 

जिल्ला स्थित एमाले अध्यक्ष कमलजंग राई, राप्रपाका अशोक राजभण्डारी, कानुन व्यवसायी सरकारी कार्यलयका कर्मचारी, पेशागत संघ संगठनका पदाधिकारी, समाजसेवी लगायतको उपस्थिती रहेको कार्यक्रममा अधिवक्ता सतिश कोईरालाले समेत संवैधानको बारेमा सहभागीले राखेको जिज्ञासा मेटाएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae