Sahara Sansar

Tuesday, May 31, 2011

अनुपयुक्त समयमा परीक्षा गरिदा उतीर्ण प्रतिशत न्यून

रविन राचलिका हरीत समूह भक्तपुर
नेपालमा रहेका बिभिन्न तहमा अध्ययनरत बिद्यार्थीसंग परीक्षा अनुतीर्ण हुने बिषयमा गरिएको खोजमा अनुपयुक्त  समयमा परीक्षा गर्ने गरिएको कारण उतीर्ण प्रतिशत न्यून हुने गरेको तथ्य फेला परेको छ । हरीत समुहको लाग शिवराम सुवालले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो । सुवालले एसएलसी, प्रमाणपत्र तह, प्लस टु र स्नातक तह सम्पुर्ण परीक्षा दिउँसो गर्न सुझाएका छन् । यसो गरिएमा उतीर्ण प्रतिशत बढ्ने उनको दाबी छ । बिहान दश बजे अघि गरिने परीक्षालाई उनले अबैध मानेका छन् भने अबैध समयमा गरिएको परीक्षाको कारण् उतीर्ण प्रतिशत न्यून हुने उनको ठम्याइ छ ।

ब्यक्तिको भबिष्यसंग जोडिएको परीक्षालाई अबैध समयमा गरेर परीक्षा बोर्डहरुले धेरैको भबिष्यमाथि खेलबाड गरिरहेका छन् । सम्पुर्ण अध्ययन समय तथा परीक्षा दिउँसो गर्दै आएको काठमाण्डौं बिश्वबिद्यालय तथा महेन्द« संस्कृत बिश्वबिद्यालयमा उतीर्ण प्रतिशत कार्यलय समय गर्ने गरिएको छ । तर प्लस टु, एसएलसी र त्रिबिमा भने अबैध समयमा आधिकारीक कार्यहरु हुने गरेका छन् ।

अनुसन्धानकर्ता सुवालले बिहान गरिने परीक्षालाई भर्खर जन्मेको बच्चालाई दौडाउन खोज्नु संग तुलना गरेका छन् । बिहान उठ्ने बितिकै केही आराम र तयारी बिना परीक्षामा सामेल हुनु पर्दा बिद्यार्थीहरु परीक्षामा फेल हुने गर्दछन् । अहिलेको अस्थिर राजनितिको कारण बन्द र हडतालको निश्चित समेत नहुदा बिहानै सवारी साधनबाट जान तयार गरेका बिद्यार्थीहरु हिडेर आफ्नो परीक्षा केन्द«मा पुग्दा थकावटको कारणले पनि आफ्नो क्षमता अनुसार लेख्न सकिरहेका छैनन् ।

आधिकारीक परीक्षाहरु समेत बिहान औपचारीक समय सुरु हुनु भन्दा अघि गरिने गरिएको कारण परीक्षाको मर्यादा हनन हुदै आएको छ । यसैको कारण परीक्षा सम्पन्न भैसके पछि पनि प्रश्न पत्र बाहिरिएको भन्दै परीक्षाहरु रद्द हुने गरेका छन् । यसबाट परीक्षार्थीहरु मारमा परेका छन् । कक्षा १२ को भौतिकशास्त्र बिषयका बिद्यार्थीहरु जेठ १९ गते दोश्रो पटक परीक्षा दिदै छन् । अघिल्लो रात प्रश्नपत्र बाहिरिने तर बिहान यस बिषयमा आधिकारीक रुपमा घोषणा नगरिदा परीक्षा सकिए पछि मात्र परीक्षा रद्दको सुचना जारी हुदै आएको छ । यसो हुन नदिन परीक्षा केन्द«मा प्रश्न पत्र बिहान दश बजे पछि मात्र पठाउन उपयुक्त हुन्छ । सबै तहका परीक्षा दिउँसो एक बजे बाट सुरु गर्नु पर्ने सरकारी नियम बन्न आबश्यक छ । होइन भने प्रश्न पत्र आउट हुने क्रम जारी रहन्छ । बाहिरिएका प्रश्न पत्रको कारण बिद्यार्थीहरुमा परीक्षा प्रति अबिश्वास हुदै आएको छ ।

त्रिबिको स्नातोकोतर तहका सम्पुर्ण परीक्षा दिउँसो हुने गरेका छन् । स्नातोकातर तहमा उतीर्ण प्रतिशत सरदर ८० प्रतिशत भन्दा माथि । बिहान परीक्षा हुने तहमा भने उतीर्ण प्रतिशत २० प्रतिशत भन्दा कम रहेको छ । यसबाट के देखिएको छ भने अबैध अर्थात बिहान दश बजे अघि गरिने परीक्षाको नेपालमा उतीर्ण प्रतिशत घटेको हो ।

अधिकास बिद्यार्थीहरु बिहानको समयमा मानसिक स्वास्थ्यको बिकासको लागि शारिरीक अभ्यास गर्ने गर्दछन् । तर परीक्षाको सो समयमा मानसिक अभ्यास गर्नु पर्ने हुदा उनीहरुमा भएको क्षमता प्रदर्शन हुने सक्दैन र फलत परीक्षामा नराम्रो नतिजा हात लाग्ने गरेको छ ।

जेठ २३ बाट सुरु हुने सिटिइभीटीका परीक्षाहरु समेत बिहानीको सयममा राखिएका छन् । बिद्यार्थीहरुलाई अनुतीर्ण गराएर पैसा कमाउने खेलमा सिटिइभीटी लागिपरेको छ । अफिस समय बिहान दश बजे देखि पाँच बजे सम्म भए पछि भ्रष्टाचारलाई बढावा दिएर पैसा कमाउन चाहने कर्मचारीको कारण बिहानीको समयमा परीक्षा गरिदै आएको हो । ओभर टाइमको नाममा बर्षेनि त्रिबि, एसएलसी बोर्ड, तथा अन्य परीक्षा बोर्डहरुले भ्रष्टाचार गर्दै आएको छ । कार्यलय समय मै गर्न सकिने परीक्षाहरु बिहान गर्नुको उदेश्य परीक्षा बोर्डहरुले स्पष्ट पार्न सक्नु पर्दछ ।

निश्चित रुपमा बिहानको समय हरेक ब्यक्तिको घर मै बसेर दैनिक रुपमा कार्ययोजना तयार गर्ने समय हो । यो समयमा कुनै पनि औपचारीक काम वा परीक्षा गरिनु हुदैन । यदि ती गरिएका छन् भने अबैध हुन । अबैध समयमा गरिएको संबिधान समयको म्याद थपको कारण अहिले नेपाली राजनिति डामाडोलको स्थितिमा पुगेको छ । सही समयमा सही काम गर्ने हो भने नेपाली राजनिति पनि उँभो लाग्छ । नेपाली राजनिति धेरै जसो निर्णय मध्यरात अथवा अबैध समयमा हुदै आएकोले देश असफल भएको हो ।

नेपालमा जागिर र पढाइ संगसंगै गर्नु पर्ने बाध्यता भएको कारण बिहानी समयमा समेत पढाइ हुने गरेको छ । पढाइ अनौपचारीक हो । तर परीक्षा औपचारीक भएकोले भने कार्यलय समय मै गरिनु पर्दछ ।समयको दुरुपयोग गरेर धन आर्जन गर्न चाहनेहरुले अबैध समयमा परीक्षा राखेको कारण शिक्षा क्षेत्रमा भ्रष्टाचारजन्य गतिबिधि बढेको छ । बिहानको समयमा हुने परीक्षामा भन्दा दिउँसो समय हुने परीक्षाहरुमा चीट बोक्ने बिद्यार्थीहरु पनि कम देखिन्छन् । 

यसबाट के स्पष्ट छ भने परीक्षा चीट रोक्नेको लागि पनि दिउँसोको समयमा परीक्षा गरिनु पर्दछ । अब नेपालका शैक्षिक प्रमाणपत्रहरुलाई बैध बनाउन कार्यलय समयै परीक्षा गर्ने नियम बनाइनु पर्दछ ।




0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae