Sahara Sansar

Thursday, May 19, 2011

प्रधानमन्त्रीले राजिनामा नदिए मुलुकमा अनिष्ट हुने फोरम सहअध्यक्ष गुप्ताको भनाइ

जेठ ५ काठमाडौ। मधेशी जनअधिकार फोरम नेपालका सहअध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले संविधानसभाको निरन्तरताको लागि प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिएर बाटो नखोले मुलुकमा अनिष्ट हुने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले बिहीवार  राजधानीमा गरेको साक्षात्कारमा गुप्ताले प्रधानमन्त्री खनालले भावी अनिष्ट रोक्न पनि पदबाट राजिनामा दिनु पर्ने सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्रीले राजिनामा दिएर सहमतिको सरकार निर्माणको बाटो नखोले संविधानसभाको म्याद समेत नथपिने स्पष्ट पार्नुभयो ।

सहअध्यक्ष गुप्ताले संविधानसभालाई भंग हुन नदिन नयाँ सबैको सहमतिमा नयाँ सरकार बनाउनु पर्ने बताउनुभएको छ । फोरम नेपाल सरकारमा सहभागि रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae