Sahara Sansar

Monday, May 30, 2011

ब्यापारी तोलाराम दुगडको अन्त्यष्टि

जेठ १६ काठमाडौं । वरिष्ठ उद्योगपति एवं समाजसेवी तोलाराम दुगडको आज धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

नक्सालस्थित आफ्नै निवासमा निधन भएका दुगडको हिजो पशुपति आर्यघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्न लागिएको हो । राष्ट्रिय मारवाडी परिषद्का सल्लाहकार मण्डलका संयोजक समेत रहेका दुगड मुटु रोगी हुनुहुन्थ्यो ।

सनराईज बैंकका अध्यक्ष समेत रहेका दुगडले सामाजिक क्षेत्रमा पनि धेरै सहयोग गर्नुभएको छ । विक्रम संवत १९८७ भदौ ४ गतेका दिन विराटनगरमा जन्मनुभएका दुगड पिता लुनकरण र माता ज्ञानदेवी दुगडका जेठा छोरा हुनुहुन्छ । १२ वर्षको उमेरदेखि नै व्यापार व्यवसाय गर्दै आउनुभएका दुगडले शिक्षा स्वास्थ्य र धार्मिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।

खाद्यान्न, सवारी साधन, निर्माण क्षेत्र र बैंक लगायत विभिन्न क्षेत्रमा लगानी गरेका दुगड नेपाल उद्योग परिसंघका सल्लाहकार समेत हुनुहुन्थ्यो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae