Sahara Sansar

Saturday, May 28, 2011

संविधान निर्माण प्रक्रियालाई विच बाटोमा नै नछाड्न सभामुखको आग्रह

जेठ १४ काठमाडौं। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माण प्रक्रियालाई टुंगोमा नपु¥याई विच वाटोमा नै नछाड्ने विश्वास व्यक्त गर्नुभएको छ । शनिबार संविधानसभा अन्तर्गतको नागरिक सम्बन्ध समितिले संविधानसभाका तीन वर्षका उपलब्धी समावेश गरेर प्रकाशित गरेको पुस्तकको विमोचन गर्दै अध्यक्ष नेम्वाङले यस्तो कुरा बताउनुभएको हो । 

नेम्वाङले जनआन्दोलन उपलब्धीको रक्षा संविधानसभाले मात्र गर्नसक्ने भएकाले संविधान लेखनलाई पूर्णता दिनुको विकल्प नभएको स्पष्ट गर्नुभयो । संविधानसभाको म्याद सकिन केही घण्टा बाँकी रहेको अवस्थामा सभामुखको यस्तो भनाई सार्वजनिक भएको हो । संविधान निर्माणका लागि आधार तयार गरिसकेको दावी गर्दै सभामुखले शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यपुनर्संरचना जस्ता संविधानका बाँकी विवादास्पद विषय समेत दलहरुले सहमतिमा टुंग्याउने विश्वास ब्यक्त गर्नुभयो ।

 शान्ति प्रक्रिया र संबिधान निर्माण अन्तरसवन्धित भएकाले त्यसलाई दलहरुले सहमतिमा टुग्याउने विश्वास समेत ब्यक्त गर्नुभयो । संविधानसभाले बर्ष दिनभरि उपलब्धीमुलक काम गरेपनि संविधानसभाको बैठक नबसेको भनेर प्रचार गरिएको गुनासो गर्नुभयो । 

पुस्तकमा संबिधान सभाले अहिलेसम्म गरेका काम र बाँकी विवादका विषयहरु उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae