Sahara Sansar

Saturday, May 21, 2011

एकीकृत माओवादीको स्थायी समिति बैठक जारी

जेठ ७ काठमाडौं। एकीकृत नेकपा माओवादीको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसिरहेको बैठकमा शान्ति प्रक्रिया, लडाकु समायोजन लगायतका विषयमा छलफल भइरहेको छ । हिजोका लागि तय गरिएको स्थायी समितिको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । पार्टीमा रहेको आन्तरिक विवाद, उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई दिइएको ज्यान मार्ने धम्कीका विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 

गत  बिहीबार बसेको स्थायी समितिको बैठकले नेपाली सेनाले प्रस्ताव गरेको समायोजनको खाका मान्य हुने निर्णय गरेको थियो । तर वरिष्ठ उपाध्यक्ष मोहन वैद्यसहित केही नेताले भने यो निर्णयमा सहमति जनाएका छैनन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae