Sahara Sansar

Tuesday, May 24, 2011

बन्दको साईत जुराउँदै व्यस्त चोकमा गाईपूजाट्याक्सीमा आगजनी

सोम लामा जेठ १० ललितपुर । राष्ट्रिय जनावर गौमाताको संरक्षण दिवसका अवसरमा आज ललितपुरमा गाईको विशेष पूजा गरिएको छ ।

नागरिक चेतना अभियानअन्तर्गत जावलाखेल चोकमा स्वतन्त्र नागरिक सनातन युवा समाजले सांस्कृतिक कार्यक्रमसहित गाईको विशेष पूजा आयोजना गरिएको हो ।

राष्ट्रिय जनावरको रक्षा गरौं हिन्दु राष्ट्र कायम गरौं भन्ने मूल नाराका साथ सम्पन्न सो पूजामा करिब २०० भक्तजनको उपस्थिति थियो । पूर्वमन्त्री दिनबन्धु अर्याल अभिनेता शिव श्रेष्ठ अतिथि रहेको सो कार्यक्रममा स्थानीय समाजसेवीको उल्लेख्य सहभागिता थियो ।

आयोजकले ललितपुरको कुसुन्तीबाट गाईलाई सिँगारेर पूजास्थल जावलाखेलमा ल्याएका थिए । कार्यक्रममा उपस्थित भक्तजनलगायतका निम्तालु अतिथिहरुले गाईको पूजा गरेका थिए ।

दुई घण्टे गाईको विशेष पूजामा नाचगान आयोजना गरिएको थियो । कार्यक्रमपश्चात् आयोजकले ललितपुरका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयलाई मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

नेपाललाई हिन्दुराज्य घोषणा गरिनुपर्ने गाई काट्ने अपराधीलाई कारबाही गरिनुपर्नेलगायतका १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

आयोजक स्वतन्त्र नागरिक सनातन युवा समाजका संयोजक मानव सेवकले सरकारले आफ्ना मागलाई गम्भीरताका साथ लिएर पहल नगरे सङ्घर्षका कार्यक्रम ल्याउने चेतावनी दिनुभयो ।

यसैबिच मातृकाप्रसाद यादवले नेतृत्व गरेको नेकपा माओवादीको जनवर्गीय समूहद्वारा आह्वान गरिएको बन्द कार्यक्रमको क्रममा आज सातदोबाटोस्थित एन्फा परिसर अगाडि एउटा ट्याक्सीमा आगजनी गरिएको छ ।

प्रदर्शनकारीले बा १ ज ३९०० नम्बरको ट्याक्सीमा पेट्रोल छर्केर आगो लगाएका थिए । ट्याक्सी जलेर पूर्णरुपमा नष्ट भएको छ । आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae