राजेन्द्र न्यौपाने
आन्दोलनमार्फत् न्याय, संघर्ष मार्फत समानता, सिर्जनशीलता मार्फत् समाज राजनैतिक रुपान्तरण र प्रतिरोध मार्फत प्रतिक्रियावादलाई खबरदारी माओवादीको सुपरिचित अभिष्ट हो । बोल्न बञ्चित पारिएकाहरुको आवाज, लेख्न प्रतिबन्ध लागेकाहरुको रचना, स्वतन्त्रापूर्वक हिंड्न–डुल्न बन्देज लगाइएकाहरुको गति, समाजलाई उत्पीडनमा राखेर रमाउनेहरु माथिको हस्तक्षेप, समानताको अभिलाषा बोक्ने तर थिचोमिचोमै रहन विवश समुदायहरुको कुशल नेतृत्व एकीकृत ने.क.पा. क (माओवादी) हो ।
वि.सं. २०५२ देखि अहिलेम्मको लामो यात्रामा माओवादीको साहस र बलिदानबाट गौरवमय कालखण्डको इतिहास निर्माण भएको छ । सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक चेतनाको हिसावले नेपाली समाज माओवादीकै कारण न्यायपूर्ण समाजमा परिणत भएको छ ।
राजनैतिक परिवर्तनका लागि जुन मात्रा र भावका साथ बलिदानी भएको हो, त्यसको तुलनामा सामन्तवादको अवशेष निर्मूल भइनसकेकोले क्रान्ति नभएको ठहरिएको छ ।जगत जान्दछ, दशवर्ष सम्म भएको लामो नेपाली जनयुद्धको जगमा ०६२/०६३ को जनआन्दो लनमार्फत सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भएको छ ।
नेपाली जनताले जनयुद्धलाई समर्थन गरेवापत आज १२ सय भन्दा बढी नागरिक बेपत्ता हुनुपरेको छ, १४ हजार भन्दा बढीको रगत बगेको छ , हजारौं अपाङ्ग छन् । ति परिवारका मानिसहरुको पिडा कस्तो भएको होला ? कसैले अन्तर ह्रदयदेखि मनन गर्न अझै सकेको छैन । सबैका आँखामा सपना छन् । अझ वर्गिय दृष्टिकोणले कम्युनिष्टका र यसमा लाग्ने अधिकांशका आँखामा त थुप्रै रङ्गीविरङ्गी सपनाहरु हुन्छन् । सबैलाई आफ्नो सपना प्रिय हुन्छ । सपना मिठो अवस्य हुन्छ तर प्राप्त गर्न कठिन पनि । सबैको सपनाको प्रकृति एउटै हुँदैन । माओवादीसँग पनि छन् सुन्दर सपनाहरु । माओवादीसँग उसका दलगत र व्यक्तिगत सपना मात्र छैनन् , माओवादीसँग सहिदले देखेका उद्धाम सपनाहरु छन् ।
वेपत्ता योद्धाहरुले रचेका अजम्बरी सपना छन् । घाइते योद्धाहरुले प्रतीक्षा गरिरहेका रहरलाग्दा सपना छन् । राज्यको उपस्थितिको अनुभूति गर्न नपाएका विशाल जनसमुदायको समान दुनियाँ प्राप्तिका सपना छन् । चेतनाको पहिलो डाँक महसुस गर्ने उमेरका कलिला बालबालिकाहरुको जिज्ञासु सपना माओवादीसँग छन् । माओवादीका सबै ध्यानहरु यिनै सपना पूरा गर्न केन्द्रित हुनुपर्दछ । माओवादीले सक्छ की सक्दैन ? माओवादीले सक्छ, माओवादीले गर्नुपर्दछ । माओवादीले निरन्तर परीक्षा दिइरहनुपर्दछ र प्रत्येक परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण हुनुपर्दछ ।
माओवादी समाजबाट, गाउँबाट, बस्ती–बस्तीबाट,टोल–टोलबाट विद्यालयबाट, विश्वविद्यालयबाट, उद्योग, कारखानाबाट, सडकबाट, सदनबाट, सरकारबाट प्रत्येक क्षण परीक्षण भइरहेको छ । माओवादीले यी सबै कुरामा विशिष्ट श्रेणी ल्याउनु अनिवार्य छ । कारण देशको सबैभन्दा विशाल पार्टी माओवादीसँग क्रान्तिकारी स्प्रिटलाई नविकरण गर्दै लाने र स्खलित हुन नदिने भन्दा अर्को विकल्प छैन।
यसका लागि राज्यको एउटा ठोस योजना बनाई श्रमजीवि वर्गको दमन र शोषण गर्ने दलाल माफियाहरुको समूल नष्ट गर्न निर्मम संघर्षको आवश्कता छ । यसका लागि संघर्षशिलता, सुदृढ संगठन, रचनात्मक क्रियाकलापको व्यवस्थित सञ्चालन, जनताको पक्षमा विगतमा झै निडर र निरन्तर अभिव्यक्ति, जनताका माग पूरा पछिका समयमा जनतालाई अधिकार दिने माओवादीका कार्यभारहरु हुन् । विचारको शुन्यताबाट शुन्य, अकर्मण्यता र दिशाहीनताबाहेक केही उत्पन्न हुनसक्दैन् । माओवादीलाई जनताको कार्यभार पूरा गर्न जनताको चेतनायुक्त विचारको खाँचो छ । नेपाली जनता सबैले शुभकार्यमा माओवादीसँग हातेमालो गर्न सकेभने सबै नेपाली जनताका सपना पुरा हुनेछन् ।
लेनिनले भनेझैं सबैले सहरबाहिर कृषि पेशाको विकास गर्नुपर्दछ । यसमा सबै जनताले मेहनत गर्नुपर्दछ । उद्योग, कलकारखाना बन्द भएर देशमा संकट पर्दा सबै जनताहरु कृषिमा निर्भर हुनुपर्दछ । कृषि क्षेत्रमा भएको विकासबाट विस्तारै उद्योगधन्दा तिर लगानी बढाई आत्मनिर्भर उद्योगको स्थापना गर्न सकिन्छ । यसरी नै नेपाली जनताहरुले गाउँबाट स्थापना भएको पार्टी माओवादीलाई अव विस्तारै देशमा सँधैका लागि दिगन्त बनाउन सहरमा रोप्नुपर्दछ । गाउँ सहर सबैतिर माओवादी हुनु नेपाली जनताको भविष्यको दिन आउनुमात्र हैन, समग्र देशको विकास र सबै नेपालीको भविष्य उज्जवल हुनु हो । सबै नेपाली जनताको सर्वप्रिय पार्टी माओवादी पार्टीलाई विभिन्न नामधारीले भिनै अर्थमा पुज्दछन् । माओवादी भित्र माओवादका केही विद्यार्थीहरु अझै माओवाद र यसका नेतृत्वलाई चिन्न कञ्जुस्यार्इं गदैछन् । मुख्यतः उनीहरुलाई तीन शब्दले प्रभाव पारेको छ ।
(क) अज्ञेयवाद: अज्ञेयावाद एउटा दार्शनिक मत हो, जसले जीवन र जगतलाई जान्न र बुझ्न सकिन्छ भन्ने
(ख) संशयवाद: संशयवाद बस्तुगत यथार्थता ज्ञानको संभावनामाथि सन्देह गर्दछ । समाज विकासका यस्ता अवधिहरुमा संशयवादले ठाउँ लिन्छन, जहाँ पुराना सामाजिक आदर्शहरु ढल्दै गरेका हुन्छन् र नयाँको जग बलियो भइसकेको हुँदैन । दार्शनिक मतका रुपमा संशयवाद प्राचिन युनानी समाजको संकटका अवस्थामा पूववर्ती दार्शनिकहरुको प्रतिक्रियाका रुपमा जन्मिएको थियो । आधुनिक दर्शनमा संशयवादका परम्परागत तर्कलाई प्रत्यक्षवादले आत्मसात गरेको छ । प्रत्यक्षवादले कुनै पनि कुरालाई सोझै अनुभवको कसौटीमा जोख्न सकिँदैन भनेत्यसलाई अस्वीकार गर्दछ । द्वन्द्वात्मक भौतिकवादले संशयवादलाई संज्ञानको एक तत्वका रुपमा स्वीकार गर्छ । तरत्यसलाई अज्ञेयवादको सीमासम्म पु¥याउने सिद्धान्तको रुप यो होइन । यसैगरी माक्र्सवादले शंकालाई ठाउँ दिईरहेको छ तर शंकावादलाई होइन ।
(ग) वितन्डा: वितन्डाले बादविवाद अथवा तर्कमा कुतर्कको सहयोग लिन्छ । सतही ढंगले यो सत्याभाषी पनि हुन्छ तर यसले जानीबुझिकन गलत तर्कलाई प्रयोग गर्दछ । यसका प्रमुख लक्षणहरुमा घटनाहरुलाई एक अर्कासँग पृथक गरेर आफ्नो धारणा अनुसार हेर्नु, एक समूहका घटना तथा नियमहरुलाई अर्को समूहका घटना तथा नियमहरुमाथि लागू गर्नु र एक ऐतिहासीक अवधिका नियमहरुलाई अर्को ऐतिहासिक अवधिमा समय सकिएपछि लागु गर्नु, । सोझो अर्थमा भन्दा राजनीतिमा वितण्डा भनेको प्रतिक्रियावादको पाउमोली सेवा गर्नु हो । आफ्नो संगठनमा भएका हो । बैरीले जति गाली गरेपनि बैरीलाई मित्र देख्नु र आफूभित्रका सहपाठी मित्रलाई वितण्डामा बैरी देखिन्छ । आखिर माओवादीमा वितण्डा कहिलेसम्म ?
समाज परिवर्तनका लागि जस्तोसुकै त्याग, बलिदान र सौर्य पदर्शन गर्न सामथ्र्य राख्ने, अग्रगामी चेतनाले ओतप्रोत आम नेपालीहरुको साझा ढुकढुकी बनेको एउटा शक्तिशाली राजनैतिक दल एकीकृत ने.क.पा.(माओवादी) कठिन र संगीन मोडहरुमा आफ्नो राजनैतिक मुल्य र मान्यतामाथि सतिसाल झै दृढ र अविचल रहँदै आएको इतिहाससिद्ध छ ।
आन्दोलनमार्फत् न्याय, संघर्ष मार्फत समानता, सिर्जनशीलता मार्फत् समाज राजनैतिक रुपान्तरण र प्रतिरोध मार्फत प्रतिक्रियावादलाई खबरदारी माओवादीको सुपरिचित अभिष्ट हो । बोल्न बञ्चित पारिएकाहरुको आवाज, लेख्न प्रतिबन्ध लागेकाहरुको रचना, स्वतन्त्रापूर्वक हिंड्न–डुल्न बन्देज लगाइएकाहरुको गति, समाजलाई उत्पीडनमा राखेर रमाउनेहरु माथिको हस्तक्षेप, समानताको अभिलाषा बोक्ने तर थिचोमिचोमै रहन विवश समुदायहरुको कुशल नेतृत्व एकीकृत ने.क.पा. क (माओवादी) हो ।
वि.सं. २०५२ देखि अहिलेम्मको लामो यात्रामा माओवादीको साहस र बलिदानबाट गौरवमय कालखण्डको इतिहास निर्माण भएको छ । सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक चेतनाको हिसावले नेपाली समाज माओवादीकै कारण न्यायपूर्ण समाजमा परिणत भएको छ ।
राजनैतिक परिवर्तनका लागि जुन मात्रा र भावका साथ बलिदानी भएको हो, त्यसको तुलनामा सामन्तवादको अवशेष निर्मूल भइनसकेकोले क्रान्ति नभएको ठहरिएको छ ।जगत जान्दछ, दशवर्ष सम्म भएको लामो नेपाली जनयुद्धको जगमा ०६२/०६३ को जनआन्दो लनमार्फत सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भएको छ ।
नेपाली जनताले जनयुद्धलाई समर्थन गरेवापत आज १२ सय भन्दा बढी नागरिक बेपत्ता हुनुपरेको छ, १४ हजार भन्दा बढीको रगत बगेको छ , हजारौं अपाङ्ग छन् । ति परिवारका मानिसहरुको पिडा कस्तो भएको होला ? कसैले अन्तर ह्रदयदेखि मनन गर्न अझै सकेको छैन । सबैका आँखामा सपना छन् । अझ वर्गिय दृष्टिकोणले कम्युनिष्टका र यसमा लाग्ने अधिकांशका आँखामा त थुप्रै रङ्गीविरङ्गी सपनाहरु हुन्छन् । सबैलाई आफ्नो सपना प्रिय हुन्छ । सपना मिठो अवस्य हुन्छ तर प्राप्त गर्न कठिन पनि । सबैको सपनाको प्रकृति एउटै हुँदैन । माओवादीसँग पनि छन् सुन्दर सपनाहरु । माओवादीसँग उसका दलगत र व्यक्तिगत सपना मात्र छैनन् , माओवादीसँग सहिदले देखेका उद्धाम सपनाहरु छन् ।
वेपत्ता योद्धाहरुले रचेका अजम्बरी सपना छन् । घाइते योद्धाहरुले प्रतीक्षा गरिरहेका रहरलाग्दा सपना छन् । राज्यको उपस्थितिको अनुभूति गर्न नपाएका विशाल जनसमुदायको समान दुनियाँ प्राप्तिका सपना छन् । चेतनाको पहिलो डाँक महसुस गर्ने उमेरका कलिला बालबालिकाहरुको जिज्ञासु सपना माओवादीसँग छन् । माओवादीका सबै ध्यानहरु यिनै सपना पूरा गर्न केन्द्रित हुनुपर्दछ । माओवादीले सक्छ की सक्दैन ? माओवादीले सक्छ, माओवादीले गर्नुपर्दछ । माओवादीले निरन्तर परीक्षा दिइरहनुपर्दछ र प्रत्येक परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण हुनुपर्दछ ।
माओवादी समाजबाट, गाउँबाट, बस्ती–बस्तीबाट,टोल–टोलबाट विद्यालयबाट, विश्वविद्यालयबाट, उद्योग, कारखानाबाट, सडकबाट, सदनबाट, सरकारबाट प्रत्येक क्षण परीक्षण भइरहेको छ । माओवादीले यी सबै कुरामा विशिष्ट श्रेणी ल्याउनु अनिवार्य छ । कारण देशको सबैभन्दा विशाल पार्टी माओवादीसँग क्रान्तिकारी स्प्रिटलाई नविकरण गर्दै लाने र स्खलित हुन नदिने भन्दा अर्को विकल्प छैन।
माओवादी सामु थुप्रै चुनौतीहरु छन् । चुनौती भएकै कारण रुपान्तरणको सम्भावना पनि छ । माओवादी श्रमजीवि सर्वहारा वर्गको उत्थान भएको हेर्न चाहन्छ, सबै जनताका आधारभूत आवश्यकतालाई मौलिक हकमा राखेर राज्यको स्रोत साधनबाट सबै जनताका छोराछोरीले त्यो अधिकार पाएको हेर्न चाहन्छ् । कुनैपनि जनता रोग, भोक,गरिवी, अभाव, अशिक्षा, बेरोगार भएको उसले हेर्न चाहदैन । यसका लागि नेपालको राजनैतिक प्रणालीमा आमूल परिवर्तनको आवश्यकता छ ।
यसका लागि राज्यको एउटा ठोस योजना बनाई श्रमजीवि वर्गको दमन र शोषण गर्ने दलाल माफियाहरुको समूल नष्ट गर्न निर्मम संघर्षको आवश्कता छ । यसका लागि संघर्षशिलता, सुदृढ संगठन, रचनात्मक क्रियाकलापको व्यवस्थित सञ्चालन, जनताको पक्षमा विगतमा झै निडर र निरन्तर अभिव्यक्ति, जनताका माग पूरा पछिका समयमा जनतालाई अधिकार दिने माओवादीका कार्यभारहरु हुन् । विचारको शुन्यताबाट शुन्य, अकर्मण्यता र दिशाहीनताबाहेक केही उत्पन्न हुनसक्दैन् । माओवादीलाई जनताको कार्यभार पूरा गर्न जनताको चेतनायुक्त विचारको खाँचो छ । नेपाली जनता सबैले शुभकार्यमा माओवादीसँग हातेमालो गर्न सकेभने सबै नेपाली जनताका सपना पुरा हुनेछन् ।
लेनिनले भनेझैं सबैले सहरबाहिर कृषि पेशाको विकास गर्नुपर्दछ । यसमा सबै जनताले मेहनत गर्नुपर्दछ । उद्योग, कलकारखाना बन्द भएर देशमा संकट पर्दा सबै जनताहरु कृषिमा निर्भर हुनुपर्दछ । कृषि क्षेत्रमा भएको विकासबाट विस्तारै उद्योगधन्दा तिर लगानी बढाई आत्मनिर्भर उद्योगको स्थापना गर्न सकिन्छ । यसरी नै नेपाली जनताहरुले गाउँबाट स्थापना भएको पार्टी माओवादीलाई अव विस्तारै देशमा सँधैका लागि दिगन्त बनाउन सहरमा रोप्नुपर्दछ । गाउँ सहर सबैतिर माओवादी हुनु नेपाली जनताको भविष्यको दिन आउनुमात्र हैन, समग्र देशको विकास र सबै नेपालीको भविष्य उज्जवल हुनु हो । सबै नेपाली जनताको सर्वप्रिय पार्टी माओवादी पार्टीलाई विभिन्न नामधारीले भिनै अर्थमा पुज्दछन् । माओवादी भित्र माओवादका केही विद्यार्थीहरु अझै माओवाद र यसका नेतृत्वलाई चिन्न कञ्जुस्यार्इं गदैछन् । मुख्यतः उनीहरुलाई तीन शब्दले प्रभाव पारेको छ ।
(क) अज्ञेयवाद: अज्ञेयावाद एउटा दार्शनिक मत हो, जसले जीवन र जगतलाई जान्न र बुझ्न सकिन्छ भन्ने
संभावनालाई पूर्णत वा अंशतः अस्वीकार गर्दछ । युनानी दर्शनमा यो संशयवादका रुपमा उत्पन्न भएको हो
। ज्गm तथा प्बलत ले अज्ञेयवादलाई शास्त्रीय रुप दिए । व्यवहार, वैज्ञानिक, प्रयोग र भौतिक उत्पादनले अज्ञे
यवादको खण्डन गर्यो । अन्तिममा अज्ञेयवाद आदर्शवादमा गएर टुंगियो र व्यवहारमा यसको कुनै काम भएन।
(ख) संशयवाद: संशयवाद बस्तुगत यथार्थता ज्ञानको संभावनामाथि सन्देह गर्दछ । समाज विकासका यस्ता अवधिहरुमा संशयवादले ठाउँ लिन्छन, जहाँ पुराना सामाजिक आदर्शहरु ढल्दै गरेका हुन्छन् र नयाँको जग बलियो भइसकेको हुँदैन । दार्शनिक मतका रुपमा संशयवाद प्राचिन युनानी समाजको संकटका अवस्थामा पूववर्ती दार्शनिकहरुको प्रतिक्रियाका रुपमा जन्मिएको थियो । आधुनिक दर्शनमा संशयवादका परम्परागत तर्कलाई प्रत्यक्षवादले आत्मसात गरेको छ । प्रत्यक्षवादले कुनै पनि कुरालाई सोझै अनुभवको कसौटीमा जोख्न सकिँदैन भनेत्यसलाई अस्वीकार गर्दछ । द्वन्द्वात्मक भौतिकवादले संशयवादलाई संज्ञानको एक तत्वका रुपमा स्वीकार गर्छ । तरत्यसलाई अज्ञेयवादको सीमासम्म पु¥याउने सिद्धान्तको रुप यो होइन । यसैगरी माक्र्सवादले शंकालाई ठाउँ दिईरहेको छ तर शंकावादलाई होइन ।
(ग) वितन्डा: वितन्डाले बादविवाद अथवा तर्कमा कुतर्कको सहयोग लिन्छ । सतही ढंगले यो सत्याभाषी पनि हुन्छ तर यसले जानीबुझिकन गलत तर्कलाई प्रयोग गर्दछ । यसका प्रमुख लक्षणहरुमा घटनाहरुलाई एक अर्कासँग पृथक गरेर आफ्नो धारणा अनुसार हेर्नु, एक समूहका घटना तथा नियमहरुलाई अर्को समूहका घटना तथा नियमहरुमाथि लागू गर्नु र एक ऐतिहासीक अवधिका नियमहरुलाई अर्को ऐतिहासिक अवधिमा समय सकिएपछि लागु गर्नु, । सोझो अर्थमा भन्दा राजनीतिमा वितण्डा भनेको प्रतिक्रियावादको पाउमोली सेवा गर्नु हो । आफ्नो संगठनमा भएका हो । बैरीले जति गाली गरेपनि बैरीलाई मित्र देख्नु र आफूभित्रका सहपाठी मित्रलाई वितण्डामा बैरी देखिन्छ । आखिर माओवादीमा वितण्डा कहिलेसम्म ?
(लेखक क्रान्तिकारी नेपाल पत्रकार महासंघ गोरखाका सदस्य हुन् )
0 comments:
Post a Comment