राजेन्द्र न्यौपाने
समयको परितर्वन सँगै सबैको चासो र खोजीको विषय आम सञ्चार अहिले बनिरहेको छ । मानिसहरु आफुलाई अगाडि बढाउन नसक्दा आफ्नै पेशालाई घृणा गर्दै अरुलाई गालि गर्न सर्वश्व लगानी गर्दछन् तर आफू सकिएर खिईँदै गएको देख्दैनन् । अरुको दुर्गतीमा आफ्नो भलाई देख्नेहरु धेरै भएकै कारण दिन प्रतिदिन सञ्चार आलोचित पनि बन्दै गएको छ । आफू सम्मानित स्थानमा पुग्न नसके त्यो ठाउँ र संस्थाकै खिल्ली उडाउन पछि नपर्नेहरु पनि आफुलाई सञ्चारकर्मी भन्दछन् ।
आम सञ्चार भनेको सूचना र सन्देश सम्प्रेषण गर्ने प्रक्रिया हो । यस्तो आम सञ्चारका माध्यम तथा साधन भनेका इन्टरनेट, सिडि, टिभि च्यालन , पत्रपत्रिका, टेलिफोन, श्रव्यदृश्य चलचित्रहरु, भाषा, साहित्य, पुस्तक आदि हुन् । विश्व व्यवस्थाको निर्माण र यसको विस्तारले मानव संसारलाई सूचना साम्राज्यको एउटै संरचना त्रिल्याएको छ । विज्ञान र प्रविधिको विस्तार र विकाससँगै सूचना संयन्त्रले विश्वव्यापी सञ्जाल निर्माण गरेको छ ।
पूँजीवादी विश्व व्यवस्थाको विस्तारसँगै आर्थिक नाफा र एकाधिकारको लागि आम सञ्चारले महत्वपूर्ण भूमिका खेलेको छ । यसले संसारका मानव समुदायलाई एउटै व्यवस्था भित्र समेट्दै मानिसको जनजीवन, संघ, संगठन, रीतिरिवाज, धर्म, शिक्षा, चिन्तन, कानून, जात , वर्ग संस्कृति,परम्परा आदिमा व्यापक प्रभाव पारेको हुन्छ । आर्थिक, राजनीतिक, बैचारिक क्षेत्रमा व्यापक प्रभाव पारेकै हुन्छ । रोजगारै आय-आर्जन, अन्तरक्रिया, सांस्कृतिक मूल्य र मान्यता, अभिवृति, सोचाई, दृष्टिकोण, सामाजिक व्यवस्था, संरचना, गतिशीलता, व्यवहार,, राज्यको नीतिनिर्माण, विकास कार्यक्रम, रणनीति, लक्ष्य, उदेश्य, भाषाको विकास, खोज, अनुसन्धान, साहित्य, विधि, चिन्तन प्रणाली, विश्वास, परम्परा, मानव सम्बन्ध आदिमा व्यापक प्रभाव परेको छ ।
भनिन्छ, सञ्चार क्षेत्र राज्यको चौंथो अङ्ग हो, आजको मानव संसार सूचना, सञ्चार, विज्ञान र प्रविधिको संसार हो । विश्व व्यवस्थामा जसरी पूँजीवादी साम्राज्यवादी औपनिवेशिक शासन सत्ताको विस्तार हुँदै आएको छ । त्यसैगरी सूचना र सञ्चारले यसको पृष्ठपोषक र अभिन्न अङ्गको रुपमा अविछन्न ढङ्गले भूमिका खेल्दै आएको छ । यसले राष्ट्र राज्यहरुको सीमाना भत्काएको छ । आम सञ्चार प्रणालीको प्रभावले
परमपरागत स्थानीय प्रणालीहरुलाई कहिल्यै आफ्नो पथमा आउन नसक्ने गरी गाँजेको छ । सूचनाको तिव्रताले संसारका मानवलाई क्षणक्षणमा सम्पर्क गराईदिएको छ ।
अन्तरक्रियाको सञ्जाल भित्र समेटेको छ । यसको प्रभावबाट औपचारिक साक्षरतादरमा बृद्धि र औपचारिक शिक्षाको विस्तार भएको छ । नेपालमा भएको सरकारी, निजी, शैक्षिक र सञ्चार संस्थाहरुको विस्तार र व्यापकतालई यसको उदाहरणको रुपमा लिन सकिन्छ । विश्व पूँजीवादी व्यवस्थाको विस्तारको परिणामस्वरुप नेपालमा आम सञ्चार माध्यमको विस्तार भएकै छ । समाजमा असाक्षरताको स्थिति घट्दै गएको छ । पश्चिमा साहित्यको प््राभाव बढेको छ । पछिल्लो समयमा पश्चिमा संस्कृति सर्वोच्च अदालतबाटै परिपत्र हुन थालेको छ ।
विद्युतीय सञ्चार माध्यम सञ्चारको मुख्य साधन बन्दै आएको छ । यो सञ्चारले सबै सिमा भत्काएका छन् । विश्वव्यापी पूँजीवादी व्यवस्थामा जुन जुन राष्ट्रहरु प्रभुत्वशाली छन् केन्द्रको हैसियतमा छन् सूचना प्रविधिको एकाधिकार पनि उसकै अधिनस्थ रहेको छ । यस्तो सूचना एकाधिकारल लगानी र नाफामा पनि एकाधिकार जमाएको छ । यसकै माध्यमबाट प्रभुत्वशाली राष्ट्रको एकछत्र बेचारिक–सांस्कृतिक प्रभाव फैलदै आएको छ ।
विज्ञापन र बजारमुखि उपयोगितावादी र उपभोक्तावादी समाज र संस्कृति भनेकै पूँजीवादी उपज हो । आजको पूँजीवादी विश्वव्यापि विज्ञापनवादमा आधारित छ । समाज, संस्कृति, आफ्नो पहिचान, मानवीय अस्मिता र गरिमा यसको लागि कुनै सरोकारको विषय नै भएको छैन । समाजमा केवल बढी भन्दा बढी लगानी गर्नु धेरै भन्दा धेरै बस्तु उत्पादन गर्नु, प्रचार, प्रसार गर्नु आम उपभोक्ताहरुको सिर्जना गर्नु, धेरै बस्तु विकाएर आम्दानी गर्नु यसको प्रमुख ध्यय भएको छ ।
तसर्थ विज्ञापन समाजमा उपभोक्तावादी प्रवृति र बजारको विस्तार गर्दै पूँजीवादी विश्व प्रणालीको विकासको लागि आधारभूत तत्वको रुपमा भुमिका खेल्दट । त्यसैले आजको पूँजीवादी विश्व विज्ञापनदातामा आधारित भएपनि विस्तारै यो भत्कँदै गईरहेको छ । गलत बस्तुको प्रचारले आम उपभोक्ताले सत्य छुट्याउन थालेका छन् । विज्ञापनवाद स्वयं पूँजीवादको आधारशिला हो । विज्ञापनवादको प्रमुख स्रोत नै सूचना र सञ्चारको साम्राज्य हो । विना सूचना र सञ्चार सञ्जाल पूँजीवादले विश्वव्यापी रुप लिनै सक्तैन ।
उदाहरणको लागि संसारभर एकछत्र आर्थिक साम्राज्य फैलाउने बहुराष्ट्रिय कम्पनिहरुले आर्थिक र व्यापारिक साम्राज्यको दरो आधार नै आम सूचना सञ्जाल मार्फत गरिने विज्ञापन हो । यहि विज्ञापनको माध्यमबाट संसारभर पुँजीवादी उत्पादनका वस्तुहरु छरिने गर्दछन् । यसर्थ आम सूचना सञ्चारको माध्यमले विश्व पूँजीवादी विस्तारमा सहयोग पु¥याएको छ ।
त्यसैले यो विश्व व्यवस्था सिद्धान्त विश्व व्यवस्थाको गठनमा आम सञ्चारले पारेको प्रभाव, खेलेको भुमिकाको व्याख्या र विश्लेषण गर्नको लागि उपयोगि हुन्छ । त्यसैले विश्व व्यवस्था सिद्धान्तले विश्व पूँजीवादी आर्थिक प्रणालीले जस्तै कसरी आम सञ्चारले पनि विश्व मान समाजलाई एउटै प्रणालीले जस्तै कसरी आम सञ्चारले पनि विश्व मानव समाजलाई एउटै प्रणालीमा आवद्ध गर्दै लगेको छ भन्ने कुराको व्याख्या र विश्लेष्ण गर्नको लागि एउटा स्पष्ट दृष्किोण उपलब्ध गराउँदछ । स्पष्ट दृष्टिकोण विनाको आमसञ्चार अहिलेको दुनियाँमा हुन सक्दैन ।
पूँजीवादी सञ्चारमा रहेर साम्यावादी सञ्चारमाथि हमला गर्नु आम सञ्चारको ठाडो नियम उलग्घन हो । पूँजीवादको पाउ मोलेर समाजवादलाई आक्रमण गर्न अहिले को गलत सञ्चारले सिकाएको छ ।
0 comments:
Post a Comment