Sahara Sansar

Tuesday, May 24, 2011

नेपाल तामाङ घेदुङ गाउँ ईकाई समिति घोलिखर्कको दोश्रो गाउँ अधिवेसन सम्पन्न

देवकला कार्की 
 जेठ १० धनकुटा। धनकु्टाको घोलिखर्कमा नेपाल तामाङ घेदुङ गाउँ ईकाई समिति घोलिखर्कको दोश्रो गाउँ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले मान वहादुर योन्जन तामाङको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति गठन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्ष अम्मवर वहादु घिसिङ तामाङ,सचिव सोमराज तामाङ,सहसचिव विमान तामाङ र कोषाध्यक्षमा कर्णमाया तामाङ रहनु भएको छ । अधिवेसनमा नेपाल तामाङ घेदुङका क्रेन्द्रिय सदस्य एवम उद्योग वाणिज्य सघंका अध्यक्ष लालचन गोङवाको प्रमुख आतिथ्य रहेको थियो । साथै नेपाल तामाङ घेदुङ धनकुटाका  अध्यक्ष कृषण तितुङ तामाङ, सचिव सन्तविर लामा लगायतको  उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्टिय जनगणना २०६८ सम्वन्धि जनचेतना मुलक प्रशिक्षण कार्यक्रम समेत गरिएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae