Sahara Sansar

Saturday, May 28, 2011

तीन महिनाका लागि म्याद थप गर्ने सहमतिको संभावना, प्रमुख तीन दलको औपचारिक बैठक सुरु

जेठ १४ काठमाडौं ।  संविधानसभाको म्याद थपमा सहमति जुटाउन प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काङ्गे्रस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बसीरहेको छ । तर संविधानसभा भवन आसपासमा नेताहरु एकपक्षीय आन्तरिक, द्धिपक्षीय तथा त्रिपक्षीय अनौपचारिक छलफलमा जुटिरहेका छन् ।  यी छलफलबाट कुनै निचोड निस्कनेवित्तिकै औपचारिक रुपमा शीर्ष तहको बैठक बस्नेछ । विहान ११ बजे नै बस्ने भनिएको बैठक दलहरु आन्तरिक छलफलमा जुटेका कारण ढिलाइ भैरहेको हो । 

तीनदलबीच सहमति जुटे संसद बैठक बसेर संविधान संशोधन प्रक्रिया सुरु हुनेछ । संविधानसभाको म्याद थपको बिषयमा अन्यौल देखिएपनि कम्तीमा तीन महिना म्याद थपका लागि काङ्गे्रस तयार हुने नेताहरुले बताएका छन् । शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन सुरुमा तीन महिना म्याद थपगर्ने निश्कर्षमा काङ्गे्रस पुगेको स्रोतको भनाइ छ । संविधानसभा भवन नजिक एक रेष्टुराँमा बसेको काङ्गे्रस नेताहरुको बैठकले संविधानसभाको म्याद तीन महिना थप गर्ने निश्कर्षमा पुगेको सम्बद्ध स्रोतले जनाएको छ ।

तीन महिनामा शान्ति प्रक्रिया पूरा भई संविधान जारी गर्ने माहोल बनेको अबस्थामा संविधानसभाको म्याद पुनः छ महिनासम्म लम्बाउन सकिने काङ्गे्रसको निश्कर्ष छ । शान्ति प्रक्रिया निश्कर्षमा पु¥याउने विश्वासिलो प्रतिबद्धता माओवादीबाट आए सो प्रस्ताव तीनदलको बैठकमा लैजाने काङगे्रसको निर्णय छ । तीनदलको बैठक बस्नमा ढिलाइ भएका कारण संसद बैठक अवेर रातिसम्म लम्बिने अनुमान गरिएको छ । दलहरुबीच सहमति भएपछि संविधानसभाको म्याद थप गर्न आज संसदका तीनवटा बैठक बस्नेछन् ।

यसैबीच काङ्ग्रेस र माओवादीबीचको द्धिपक्षीय छलफल सकिएको छ । छलफलमा ४ देखि ६ महिना म्याद थप्ने विषयमा विचार आदान प्रदान भएको छ । तर ठोस सहमति बन्न सकेन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae