Sahara Sansar

Saturday, May 21, 2011

माक्सवादीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

यम चौलागाई
 जेठ ७ सिन्धुली। नेकपा माक्सवादी सिन्धुलीले आज संघिय राज्यको अवधारण शासकिय स्वरुप र निर्वाचन प्रणाली विषयक एक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । माक्सवादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बुद्धराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोलिट व्यूरो सदस्य योगेन्द्र पराजुलीले नेकपा माक्सवादीको अवधारणा बारेमा प्रकाश पारेका थिए । माक्सवादीले संघिय राज्यलाई कोशी,गण्डकी र कर्णाली गरी प्रदेशमा विभाजन गर्नुपर्ने प्रस्तावलाई अघि सारेको छ । 

यसैगर ी शासकिय स्वरुपमा जननिर्वाचित विधायकबाट निर्वाचित कार्यकारी अधिकार सहितको राष्ट्रपतीको व्यवस्था हुनुपर्ने, राष्ट्रपती विधायक प्रति उत्तर दायी हुनुपर्ने र निर्वाचन प्रणलीमा एक सदनात्मक विधायकको व्यवस्था हुनुपर्ने प्रस्तावलाई अघि सारेको छ । 

विचार गोष्ठी र अन्तरक्रिया गरी दुई चरणमा भएको कार्यक्रममा नेपाली कांग्रेसका माणिक ढकाल,नेकपा मालेका अध्यक्ष वेच बहादुर हायु,संघिय लोकतान्त्रिक राष्टिय मन्चका धनलाल स्याङ्बा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल पब्लिक प्राध्यापक संघका अध्यक्ष दिपक कुमार बराल आफ्नै पार्टीका नेता तथा कार्यकर्ता पत्रकार लगायतको उपस्थिती थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae