Sahara Sansar

Friday, May 20, 2011

प्रधानमन्त्री खनाल र पूर्वप्रधानमन्त्री थापावीच बार्ता

जेठ ६ काठमाडौं। संविधानसभाको म्याद थपसम्बन्धी सरकारी बिधेयकमा समर्थन जुटाउने प्रयासमा सक्रिय रहनुभएका प्रधानमन्त्री झलनाथ खनालले आज पूर्वप्रधानमन्त्री तथा राजपा अध्यक्ष सूयबहादुर थापासंग परार्मश गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार  बिहान भएको भेटमा संविधानसभाको म्याद थपका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस क्रममा पूर्व प्रधानमन्त्री थापाले शान्ति प्रक्रियाका सम्बन्धमा ठोस कार्ययोजना र संविधान बन्ने दृढता ब्यक्त गरेमा मात्रै म्याद थप गर्न सकिने अन्यथा यथास्थितिमा सहयोग गर्न नसकिने जवाफ दिनुभएको छ । प्रधानमन्त्री खनालले म्याद थपका लागि बिभिन्न राजनीतिक दलका नेताहरुसंग छलफल गरिसक्नुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae