Sahara Sansar

Friday, May 20, 2011

मोर्चा संविधानसभाको म्याद थपको बिपक्षमा

 जेठ  ६ जनकपुर। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्राविधिक बहुमतको आधारमा संविधानसभाको म्याद थप गरिए त्यसको औचित्य समाप्त हुने चेतावनी दिएको छ । जनकपुरमा शुक्रबार  आयोजीत पत्रकार सम्मेलनमा मोर्चाका शीर्ष नेताहरुले दुईतिहाइ बहुमतको समर्थनमा संविधानसभाको म्याद थप्ने कार्य भएमा त्यो मान्य नहुने बताएका हुन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयतालाई अस्वीकार गरेर बनाईने संविधान मधेशीको हितविपरीत हुने बताउनुभयो । बहुमतबाट म्याद थप भए मधेशी नेताहरु संविधानसभामा बस्नुको कुनै अर्थ नरहने उहाँले टिप्पणी गर्नुभयो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने उल्लेख गर्नुभएको छ ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बहुमतीय आधारमा सरकारमा सहभागी नहुने सन्दर्भमा मधेशवादी दल सजग रहनु जरुरी रहेको बताउनुभयो । उहाँले मधेशीको अधिकार सुनिश्चित गर्न सडक संघर्षको सम्भावना बढ्दै गएको बताउनु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae