जेठ १५ काठमाडौं । थारु अगुवा नेता तथा नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष राजकुमार लेखीले नेपाल नागरिक पार्टी गठन गर्नुभएको छ ।
नव गठित पार्टीका अध्यक्ष लेखीले आईतवार विज्ञप्ती जारी गरेर नागरिक पार्टी गठन गरेको बताउनुभएको हो । उहाँले मुलुकमा आर्थीक, सामाजीक, राजनीतिक लगायतका मुद्धालाई जोडदार रुपमा उठाउन पार्टी गठन गरेको बताउनुभएको छ ।
नागरिक पार्टीका सदस्यहरुमा विजय दनुवार, चन्द्रकुमार चौधरी, चन्द्रकला गुरुङ, नगेन्द्र राजवंशी, ताज मोहम्मद मियाँ र राजकुमार रेग्मी रहनुभएको छ । पार्टी गठन गरेर लगत्तै उहाँहरुले यस अघि आफू संलग्न रहेको राजनीतिक दल आजै देखि परित्याग गरेको घोषणा गर्नुभएको छ ।
0 comments:
Post a Comment