Sahara Sansar

Tuesday, May 24, 2011

शान्ति सहयोग कार्यक्रमका लागि नेपाललाई डेनमार्क सरकारले ९४ करोड ८५ लाख अनुदान सहयोग गर्ने

जेठ १० काठमाडौँ । डेनमार्क सरकारले नेपाल सरकारलाई नेपाल शान्ति सहयोग कार्यक्रम तेस्रो चरण का लागि करिब रु ९४ करोड ८५ लाख अनुदान सहयोग प्रदान गर्नेभएको छ ।

समावेशी शान्तिप्रकि्रयामार्पुत शान्तिपूर्ण लोकतान्त्रिक सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा योगदान गर्नु नेपाल शान्ति सहयोग कार्यक्रमको समग्र उद्देश्य रहेको छ ।

विस्तृत शान्ति सम्झौताको कार्यान्वयनको सवलीकरण र सार्वजनिक सुरक्षा तथा विस्तृत शान्तिप्रकि्रयाको सुदृढीकरण कार्यक्रमको तात्कालिक उद्देश्य रहेका छन् ।

सो अनुदान सहयोगको कार्यान्वयन गर्ने संस्थाहरुमा शान्ति तथा पुनरनिर्माण मन्त्रालय राष्ट्रसङ्घीय नियोगहरु नेपाल प्रहरी तथा अन्य रहेका छन् ।

यो कार्यक्रमले नेपाल शान्ति कोषलाई थप सहयोग गर्नेछ । कोषले नेपाल सरकार र दातृ स्रोतहरुबीच शान्तिसम्बन्धी पहल र कार्यहरुका साथै शान्तिप्रकि्रयाको अनुगमनमा समन्वयकारी संस्थाको रुपमा कार्य गर्दछ ।

नेपाल प्रहरीको समुदायसँगको सम्बन्ध र अपराध अनुसन्धानमा उसको प्रभावकारितालाई बढाउने प्रयासका लागि पनि कार्यक्रमले सहयोग गर्नेछ ।

अर्थ मन्त्रालयमा आज सो अनुदान सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्पुबाट अर्थसचिव कृष्णहरि बाँस्कोटा र नेपालका लागि डेनमार्कका राजदूत मोर्टन जेस्पस्रनले हस्ताक्षर गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae