जेठ १३ काठमाडौ। तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले यथास्थितिमा संविधानसभाको म्याद थप्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेको छ ।
राजधानीमा आज आयोजीत कार्यक्रममा बोल्दै तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले सेना समायोजनको स्पष्ट खाँका सहित लडाकुको हतियार विशेष समितिको मातहतमा ल्याएपछि मात्रै म्याद थप्नु पर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।
माओवादीको द्धध मानसिकताका कारण शान्ति प्रक्रिया निश्कर्समा पुग्न नसकेका भन्दै उहाँले माओवादीलाई मुलुकलाइ संभावित दुर्घटनाबाट रोक्न पनि लचकताका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।
0 comments:
Post a Comment