Sahara Sansar

Saturday, May 21, 2011

शान्ति प्रक्रियामा सत्तारुढ सबै दलको साझा धारणा बनाउने सहमति

जेठ ७ काठमाडौं । संविधानसभाको म्याद सक्किन एक साता मात्रै बाँकी रहदा प्रमुख तीन सत्तारुढ दलले शान्ति प्रक्रियाका सम्बन्धमा सरकारकामा सहभागि सबै दलको साझाधारणा बनाउने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज बिहान बसेको एकीकृत माओवादी, एमाले र मधेशी जनअधिकार फोरम नेपालका शीर्ष नेताहरुको बैठकले शान्ति प्रक्रिया अन्र्तगतको लडाकु समायोजन र व्यवस्थापनका बारेमा सरकारको साझा धारणा बनाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै सल्लाहकार थापाले सरकारमा सहभागि सबै सत्तारुढ दलहरुका तर्फबाट साझा धारणा बनाएर शान्ति प्रक्रायलाई टुङगो लगाउने बताउनुभयो ।

यसै क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले सत्तारुढ दलहरुसंग परार्मश गर्नुहुने छ । उनिहरुको सुझाव र सल्लाह पछि त्यस बिषयमा धारणा तय हुने थापाले उल्लेख गर्नुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधानसभाको म्याद थपका लागि गरेको प्रस्ताव र सर्तहरुका सम्बन्धमा पनि तीन दलका वीच परार्मश भएको छ । कांग्रेसले १० गते भित्र आफ्ना मागहरु पुरागर्न सरकारले आनाकानी गरेमा संविधानसभाको म्याद थपका लागि असहयोग गर्ने चेतानी दिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवको सहभागिता रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae