Sahara Sansar

Tuesday, May 31, 2011

धनगढीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

जेठ १७  कैलाली ।  अन्तर जिल्ला क्षेत्रव्यापी माध्यमिक विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजदेखि कैलालीको धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीको आयोजनामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरा जिल्लाको सहभागिता रहेको छ । 

भलिबल र एथलेटिक्स खेलमा प्रतिस्पर्धा हुने सो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको कैलालीका प्रमुख जिल्ला अधिकारीले एक समारोहका बिच उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका सीडीओ बिडारीले खेल राष्ट्रको प्रतिभा, पहिचानलाई विश्वसा्मु चिनाउने माध्यम रहेको बताउनुभयो ।

यसैबीच राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शुरुको दिन बिहान भएको भलिबल खेलमा छात्रातर्फ बैतडी र कञ्चनपुर विजयी भएका छन्. । बैतडी र डडेल्धुरा बिच भएको खेलमा बैतडीले २५–१६, २५–११, २५–१६, कञ्चनपुर र डोटी बिच भएको खेलमा कञ्चनपुरले २५–११, २५–११, २५–५ को अङ्कको अन्तरमा सजिलो जीत हात पा¥यो । पुरुषबिच भएको भलिबल प्रतियोगितामा कञ्चनपुरलाई पछार्दै कैलाली र डोटीलाई हराउँदै बैतडीले जीत हात पारेका छन् । खेल नकावट बिधीबाट खेलाइ रहेको जानकारी दिइएको छ । प्रतियोगितामा सुदुरपश्चिका अछाम र बझाङ्ग जिल्लाले भने सहभागिता जनाएका छैनन् ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae