Sahara Sansar

Saturday, May 21, 2011

काँग्रेसद्वारा माओवादी कार्यकर्ताहरु कुटिए

राजेन्द्र न्यौपाने
 जेठ  ७ गोरखा। देशै भरी माओवादीका कार्यकर्ताहरुले अन्य पार्टीका कार्यकर्ताहरु कुटेको समाचार त देखे सुनेकै हो तर गोरखामा भने शनिबार  यसको ठिक विपरीत भएको छ ।काँग्रेसको जागरण अभियानमा गोरखाको भच्चेक पुगेका नेपाली काँग्रेसका कार्यकर्ताहरु त्यस क्षेत्रमा रहेको ६ जना स्थानीय माओवादी कार्यकर्ताहरुलाई कुटपिट गरेका हुन् ।

कार्यक्रममा काँग्रेस सभासद कमला पन्त, जिल्ला सभापति हरीबहादुर घले लगायत दर्जन भन्दा बढि नेताहरुको सहभागिता रहेको थियो ।लागु पदार्थ सेवन गरेका काँग्रेस कार्यकर्ताहरु रुप बहादुर गुरुङको नेतृत्वमा गएको टोलीले स्थानीय सुक बहादुर नेपाली, धन बहादुर नेपाली, राम बहादुर बसेल, लगायतका माओवादी कार्यकर्ताहरुलाई निर्घात कुटपिट गरेको माओवादीका त्यस क्षेत्रका नेता राजन कोइरालाले बताउनुभयो ।

नेपाली काँग्रेस गोरखाका सचिव सुकदेव दवाडीले सामान्य भनाभन मात्र भएको बताउनुभयो । यसैवीच माओवादी जिल्ला सेक्रेटरी चुडामणि खड्काले देश शान्ति प्रक्रियामा अगाडि बढिरहेको अवस्थामा माओवादीलाई उक्साउन सुनियोजित ढंगले आक्रमण भएको यसको तुरुन्त छानविन हुनुपर्ने बताउनुभयो ।

काँग्रेसका गाउँ छाडेका लठैत कार्यकर्ताहरुले आफ्ना कार्यकर्ता कुटेको भन्दै उहाँले शान्ति प्रक्रियालाई धरापमा पार्न काँग्रेस अग्रसर भएको बताउनुभयो । इलाका प्रहरी कार्यलय जौवारीले कुटपिट गर्ने काँग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae