Sahara Sansar

Friday, May 27, 2011

शान्ति, सहमति र संविधानको सुनिश्चितताका लागि धनकुटाका पत्रकारहरुद्वरा दवावमुलक कार्यक्रम जारी

देवकला कार्की
जेठ १३ धनकुटा। शान्ति, सहमति र संविधानको सुनिश्चितताका लागि धनकुटाका पत्रकारहरुले दवावमुलक कार्यक्रमलाई आज पनि जारी राखेका छन् । प्रेस चौतारी नेपाल धनकुटाको आयोजनामा आज पनि ¥यालीको आयोजना गरी दवावमुलक कार्यक्रमलाई निरन्तरता दिएका हुन् । ¥याली धनकुटाको मदनचौकवाट सुरु भई नगरको परिक्रमा गरी पुन मदनचौकमा आई कोण सभामा परिणत भएको थियो ।
     
सभालाई सम्वोधन गर्नु हुदै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष मोहन वान्तवाले प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको संविधान निर्माण नभएसम्म पत्रकारहरुको सुरक्षा स्थितिमा सुधार आउन नसक्ने बताउनु भयो । उहाँले अव वन्ने संविधानमा प्रेस स्वातन्त्रताको ग्यारेन्टी गरिनु पर्ने वताउँनु हुदै संविधानमा प्रेस स्वातन्त्रताको ग्यारेन्टी गरिएमा मात्रै पत्रकारहरुले सुरक्षाको अनुभुति गर्न सक्ने वताउँनु भयो ।
     
त्यसैगरी सभालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव विजय सन्तोषी राई, प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष भेषराज कट्टेल, प्रेस युनियनका सहसचिव विदुर खवास, क्रान्तिकारी पत्रकार संघका सचिव सरिता वराइली, आदिवासी जनजाति पत्रकार संघ धनकुटाका सचिव सन्तवीर लामाले अव वन्ने संविधानमा प्रेस स्वातन्त्रताको सुनिश्चित गरिनु पर्नेमा जोड दिनु भयो । हिजो पनि नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा दवावमुलक ¥यालीको आयोजना गरिएको थियो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae