Sahara Sansar

Saturday, May 28, 2011

तीन बर्षे संविधानसभा मृत्यु शैयामा

जेठ १४ काठमाडौं। थप भएको म्याद सहित तीन बर्षमा समेत नयाँ संविधान बनाउन नसकेको संविधानसभाको म्याद आज मध्यरात देखि सक्किदैछ ।

दुई बर्षको नियमति म्यादले नपुगेपछि गतबर्ष संविधानसभाको म्याद १ बर्षका लागि थप भएको थियो । राजनीतिक दलहरुको आपसि खिचातानी, आन्तरीक बिवाद, सरकार गठन लगायतमा ब्यस्त भएपछि नयाँ संविधान मुलुकले पाउन नसकेको हो ।

यद्यपी घाटको नजिक रहेको संविधानसभाको म्याद थप गर्ने बारेमा पछिल्लो समयमा बिभिन्न चरणमा छलफल गरेपनि सहमति भने कायम गर्न सकेका छैनन । अघिल्लो पटक थप भएको संविधानसभाको म्यादलाई सर्बोच्च अदालते प्रक्रिया नपुगेका जनाई सकेको छ ।

संविधानसभाको म्याद आज मध्यरात देखि सक्किने छ । यदि दलहरुले अन्तरीम संविधानको नवौं संशोधन गरेर संविधानसभाको म्याद नगरेमा संविधानसभा अन्त्य हुने छ । कांग्रेस सहितका मधेशी दलहरुले शान्ति प्रक्रियामा ठोस निर्णय हुनुपर्ने अडान राखेपछि म्याद संविधानसभाको आयुमा कालोबादल देखापरेको छ ।

संविधानसभा बनाउने जिम्मेवारी पाएका सभासदहरु रातो अर्थात कुटनीतिक राहदानी दुरुपयोग, नक्कली परिक्षार्थी बनेर एस.एल.सी दिने, प्रहरी निरीक्षक बनाई दिने भनेर रकम लिने, सदनमा कुटपीट गर्ने, कर्मचारीलाई हातपात गर्ने, पार्टी विभाजन गर्ने, यौन काण्ड लगायतका दजर्नाै घटनामा संलग्न भएपछि संविधान बनाउन कार्यबाट पछि हटेको बताईन्छ ।

     

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae