Sahara Sansar

Sunday, May 22, 2011

प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष दाहालवीच बार्ता

जेठ ८ काठमाडौं  । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच शिविरका लडाकु समायोजन र व्यवस्थापनका बिषयमा दलहरुसंग परार्मश गरेर ठोस निर्णय गर्ने सहमति भएको भएको छ ।

खनाल र दाहालवीच आईतवार राजधानीमा भएको छलफलमा लडाकुको समायोजनका सम्बन्धमा तीन शीर्ष दलका नेता र बिशेष समितिको बैठक बोलाएर ठोस निर्णय गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले भोली एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसेर सेना समायोजन सम्बन्धी केही ठोस निर्णय गर्ने सहमति खनाल र दाहालवीच सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालवीच भएको सहमति अनुसार भोली बिहान ८ बजे तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने छ भने त्यस लगत्तै माओवादी लडाकुको समायोजन, रेखदेख र व्यवस्थापन सम्बन्धी बिशेष समितिको बैठक बस्ने छ । माओवादी लडाकुको समायोजन र व्यवस्थापनका सम्बन्धमा समायोजन सम्बन्धी बिभिन्न प्रस्ताव र टिकाटिप्पणी आइरहेका समयमा तीन दल र बिशेष समितिको बैठक बोलाईएको छ ।   

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae