Sahara Sansar

Thursday, May 19, 2011

धनकुटामा किरात साँस्कृतिक महोत्सव सुरु

देवकला कार्की
 जेठ ५ धनकुटा। शान्ति र संयीयता सहितको संविधानको माग गर्दै बिहीवारदेखि धनकुटाको टुडिखेलमा किरात साँस्कृतिक महोत्सव सुरु हुने भएको छ । किरातीहको महान चाड साकेलाको अवसरमा आजदेखि ३ दिने किरात साँस्कृतिक महोत्सव सुरु हुने भएको हो । 
महोत्सव किरात राई यायोक्खा धनकुटाको आयोजना, नेपाल पर्यटन वोर्ड पर्यटक सेवा केन्द्रको प्रवद्र्धन तथा जिल्ला विकास समिति धनकुटा, धनकुटा नगरपालिका र आदिवासी जातिय संस्थाहरुको सहयोगमा महोत्सव सुरु हुने भएको हो । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । हिजो पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको किरात राई यायोक्खा धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले वताउँनु भयो । 
महोत्सवमा किरात जातिय परिकारहरु, भेषभुषाहरु, गरगहना लगायतको विभिन्न स्टलहरु राखिने उहाँले वताउँनु भयो । महोत्सवमा विभिन्न झाँकीहरु तथा किरात कलाकारहरुको साँगितिक प्रस्तुति, विभिन्न जातिय साँस्कृतिक नाचहरु तथा किरात साँस्कृतिक वृत्तचित्र तथा किरात राई वान्तवा भाषाका चलचित्रहरु प्रर्दशन गरिने भएको अध्यक्ष राईले वताउँनु भयो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae