Sahara Sansar

Friday, May 20, 2011

बलात्कारको अभियोगमा पक्राउ परेका आईएमएफका प्रमुख काहनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

जेठ ६ एजेन्सी। बलात्कारको अभियोगमा पक्राउ परेका अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रमुख डामिनिक स्ट्रास काहनलाई न्युयोर्क अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्युयोर्कको सुप्रिम कोर्टका न्यायधिश माइकल ओबसले काहनलाई नजरबन्दको सर्तमा १० लाख रुपैयां धरौटीमा रिहा गर्न आदेश दिनुभएको हो । 

गत  शनिबार न्युयोर्कको एक पाँच तारे होटलकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका काहनले आईएमएफको प्रमुख पदबाट राजीनामा दिइसक्नुभएको छ । अदालतको आदेश अनुसार रिहा भएपछि काहनले न्युयोर्कस्थित घरमा चौबिसै घण्टा इलेक्ट्रोनिक निगरानीमा बस्नुपर्ने बिबिसीले जनाएको छ । अदालतले काहनको घरमा तैनाथ गरिने हतियारधारी सुरक्षाकर्मीको सम्पूर्ण खर्च स्वयम् काहनले व्यहोर्नुपर्ने बताएको छ । 

फ्रान्सेली नागरिक काहनलाई आगामी वर्ष फ्रान्समा हुन गइरहेको राष्ट्रपतिय निर्वाचनमा सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae